
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा सानिमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सानिमा लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोडेपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु रियल–टाइम तथा नन–रियलटाइममा आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।
साथै सानिमा लाइफका बीमितहरुले आफ्नो बीमा (प्रिमियम) शूल्कको अन्लाईन भुक्तानी कनेक्ट आईपीएसको वेबसाइट, मोबाईल एप तथा सदस्य बैंक वित्तिय संस्थाहरुको शाखाबाट गर्दै नै आएका छन् ।