२६ जेठ २०८३, मंगलबार

२ अर्ब कर छलेको आरोपमा १६ आरोपीविरुद्ध मुद्दा दायर

बैशाख १०, २०७८
२ अर्ब कर छलेको आरोपमा १६ आरोपीविरुद्ध मुद्दा दायर
फाइल फोटो

राजस्व अनुसन्धान विभागले २ अर्ब बढी राजस्व छली गरेको अभियोग लागेका १६ जनाविरुद्ध शुक्रवार मुद्दा चलाएको छ । 

झूटा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक प्रयोग गरी राजस्व छली गर्ने सर्लाही घर भई ललितपुर बस्दै आएका अनिल गुप्ता एण्ड एसोसियटसका सञ्चालक अनिलकुमार गुप्ता तथा सोही जिल्ला घर भई काठमाडौं बस्ने अंकुश ट्रेड एण्ड सप्लायर्सका सञ्चालक प्रविणकुमार महतोको नेतृत्वमा यसरी अर्बाैंको राजस्व छली भएको पाइएको विभागले जनाएको छ ।

लामो अनुसन्धानपछि तथ्य प्रमाणका आधारमा १६ प्रतिवादीविरुद्ध शुक्रवार उच्च अदालत पाटनमा मुद्दा चलाइएको विभागले जनाएको छ । उनीहरूले २ अर्ब १९ करोड ८८ लाख बिगो बराबरको राजस्व छली गरेकाले बिगो असुल गरी जरिवाना र कैद दाबी लिई मुद्दा दर्ता गरिएको विभागले शुक्रवार जारी गरेको सूचनामा उल्लेख छ ।

उनीहरूले विभिन्न फर्मका नाममा बिक्री भएको भनी नक्कली तथा झूटा बीजक जारी गरी सो बमोजिमको रकम भुक्तानी लिई असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको पाइएको छ । 

प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (छ) बमोजिमको कसूर गरी राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २(छ) बमोजिम राजस्व चुहावट गरेको विभागले उल्लेख गरेको छ ।

राजस्व छलीमा गुप्ता र महतोसहित पर्साका रामचन्द्र माझी, भुलावन महरा चमार, दीपककुमार कायस्थ, वकिल देवान, अभिमन महतो, बाराका अकलीहजरा दुसाद, मुअन महरा, काठमाडौंका सरोज श्रेष्ठ, सञ्जय श्रेष्ठ, सर्लाहीका अञ्जु गुप्ता र वाणेश्वर महतो तथा उदयपुरका सरोज ढकाल, राधेश्यामप्रसाद साह, रत्नगोपाल श्रेष्ठ संलग्न रहेको विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्