अस्कर पुरस्कारमा छायो एसियाली मूलका महिलाको प्रभाव

सिनेमा जगतको सर्वाधिक प्रतिष्ठित पुरस्कार अस्करमा एसियाली मूलका दुई महिलाको प्रभाव देखिएको छ । 

चीनमा जन्मेर अमेरिकामा फिल्महरू बनाइरहेकी क्लोई चाओले नोम्याडल्यान्डका फिल्मका लागि सर्वोत्कृष्ट निर्देशकको पुरस्कार हात पारिन् । अस्कर जित्ने उनी पहिलो एसियाली महिला र दोस्री महिला बनिन् । 


Advertisement

पोहोर साल दक्षिण कोरियाका बोङ जून–हो सर्वोत्कृष्ट निर्देशक घोषित हुने पहिलो एसियाली बनेका थिए । अनि क्याथरिन बिगेलो अस्कर जित्ने पहिलो महिला निर्देशक थिइन् । 
 

चाओ चीनमा जन्मेकी हुन् र १४ वर्षको उमेरसम्म बेइजिङमा बसेकी थिइन् । पछि उनी लन्डन गएर पढ्न थालिन् अनि अमेरिकाको लस एन्जिलिसमा विद्यालय तह सिध्याइन् । 

त्यस्तै सर्वोत्कृष्ट सहअभिनेत्रीको पुरस्कार दक्षिण कोरियाकी यूह–जुङ यूनले प्राप्त गरेर इतिहास रचिन् । उनी अस्करमा नामांकित हुने पहिलो दक्षिण कोरियाली अभिनेत्री हुन् र पहिलो विजेता पनि बनिन् । अभिनयमा अस्कर जित्ने

एसियाली मूलकी उनी दोस्रो अभिनेत्री हुन् । यसअघि सन् १९५८ मा मियोशी उमेकीले सायोनारा फिल्मका लागि अस्कर जितेकी थिइन् । 

७३ वर्षीया यून दक्षिण कोरियाकी लोकप्रिय अभिनेत्री हुन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्