कमल रिजालको ‘सत्यवती’ सार्वजनिक

पत्रकार तथा साहित्यकार कमल रिजालद्वारा लिखित उपन्यास ‘सत्यवती’ सार्वजनिक भएको छ ।

व्यास र सत्यवतीको संवादमा अडेको उपन्यासले पूर्वीय दर्शनको सार, विशेषता, गुह्य गुदी र गूढ रहस्यलाई पिँधैदेखि उधिनेर सामाजिक विकृति र विसंगतिको ऐंजेरुलाई निर्ममतापूर्वक छिमल्ने काम गरेको लेखक रिजालले बताए ।


Advertisement

लेखक रिजालका अनुसार आमा सत्यवती र छोरा व्यासजीका बीचमा भएको संवादमा अडेको उपन्यासको जग महाभारत भए पनि यसले आधुनिक युगलाई समेत सम्बोधन गरेको छ । 

उपन्यासमा सत्यवतीले व्यासजीलाई विधवा बुहारीमार्फत् सन्तान जन्माउन बाध्य पार्दा के कस्तो नियति भोग्नुपर्‍यो भन्ने निष्कर्ष खोजिएको लेखक रिजालले प्रस्ट पारेका छन् । 

सांग्रिला बुकद्वारा प्रकाशित उपन्यासको पृष्ठ ३८६ र मूल्य ४९५ रुपैयाँ रहेको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्