
प्रहरीले निषेधाज्ञा सफल बनाउन उपत्यकामा चेकजाँचमा कडाइ गरेको छ । स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएपनि निषेधाज्ञा उलंघन गर्न हुने भएकाले चेकजाँचलाई कडा पारेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले काठमाडौं जिल्लाको हकमा १० बजेसम्म सामान किन्न जानेहरुलाई छुट दिइएको छ । तर, तोकिएको आदेश भन्दा फरक गर्नेलाई कारबाहीको दायरामा ल्याइएको छ । तोकिएका बाहेकका गाडी र मोटरसाइकललाई नियन्त्रणमा लिएर होल्ड गरिएको उनले बताए ।
सिंहले काठमाडौंका १२८ ठाउँका पिकेट ड्युटीमा प्रहरी परिचालन गरिएको छ भने ट्राफिक र प्रहरीले संयुक्तरुपमा ४४ ठाउँमा सवारी चेकिङ गरेको छ। यस्तै मोबाइल, क्युआरटी र सीआरभी भ्यान परिचालन गरेर निषेधाज्ञाको अनुगमन भएको छ । यस्तै मास्क नलगाएकालाई पनि होल्ड गरिएको छ । चेकजाँचका क्रममा ३०० बढी सवारीसाधन नियन्त्रणमा लिइएको छ । ती सवारीसाधन बेलुका ७ बजेमात्रै छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।