×

NMB BANK
NIC ASIA

कोरोना संकट

कोरोनाको हटस्पट लुम्बिनी : अस्पतालमा बेड थप्ने योजना गफमै सीमित, कहाँ राखेर गर्ने उपचार ?

बैशाख १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गत वर्ष कोरोना महामारी शुुरू हुुँदा बुुटवलको उपयोगविहीन धागो कारखानालाई कोभिड–१९ अस्पताल बनाएर सञ्चालनमा ल्याइयो ।

Muktinath Bank

लुुम्बिनी प्रादेशिक अस्पताल मातहत सञ्चालमा ल्याइएको अस्पतालमा १५ वटा आइसीयू र ४ वटा भेन्टिलेटर बेडसहितको अस्पताल बनेपछि केही आशा पनि जाग्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संक्रमण बढ्दै गएपछि धागो कारखानामै जनरल बेड (एचडीयू) (अक्सिजन सहित) बेड थप गर्ने घोषणा प्रदेश सरकारले गरेको थियो । तर, त्यो योजना त्यतिकै सेलायो । लुुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णुु गौतमले धागो कारखानामा बेड थप गर्ने योजना अगाडि बढ्न नसकेको बताए । 


Advertisment
Nabil box
Kumari

‘कोभिडको संक्रमण महामारी शुरू भएको एक वर्षपछि यसको दोस्रो लहर झन् डरलाग्दो गरी फैलिएको छ । एक वर्षमा घोषणा गरिएका योजना पनि अगाडि बढ्न सकेनन्,’ डा. गौतमले भने ।

Vianet communication
Laxmi Bank

उनले थपे, ‘प्रदेश सरकारले बजेट नदिँदा कोरोनामा काम गर्ने नर्स, डाक्टर र कर्मचारीले तलब पाउन सकेका छैनन् । जोखिम भत्ताको त कुरै नगर्नु । अनि पूर्वाधार बनाउनतर्फ त, कुुरै नगरौं...।’ 

अहिले संक्रमणले भयावह रूप लिन थालेपछि एचडीयू (हाइ डिपेन्ड युुनिट) अक्सिजन सहितका १५ बेड थप गर्न प्रक्रिया बल्ल अगाडि बढाउन थालेको छ । 

दाङको बेलझुुण्डीस्थित कोभिड अस्पतालमा ५ वटा आईसीयू र १५ वटा –एचडीयू) उच्च स्याहार कक्ष ३५ वटा मात्र बेड सञ्चालनमा छन् । गत वर्ष अस्पतालमा आईसीयू १५ र एचडीयू ५० बेड बनाउने तयारी थालिएपनि त्यो काम जहाँको त्यहीँ छ । अस्पतालका व्यवस्थापक द्रोण वलीले जिल्लामा अक्सिजन उत्पादन नहुुँदा एचडीयू बेड समेत बढाउन नसकिएको बताए ।

उनले भने, ‘अहिले अस्पतालमा बिरामीले बेड भरिभराउ छन् ।  अस्पतालको क्षमता विस्तार गर्न सकिएको छैन । अक्सिजन उत्पादन जिल्लामा छैन । अहिले उपचाररत बिरामीका लागि हामीले नेपालगञ्जबाट ल्याएका छौं । एचडीयू बेड बढाउन प्रदेश सरकारले ५० लाख रुपैयाँ दिएको छ । तर, काम अगाडि बढ्न सकेको छैन ।’ 

लुुम्बिनी प्रदेशका सबैभन्दा बढी कोरोना प्रभावित बाँके, रुपन्देही र दाङ हुुन् । यी तीनवटै जिल्लामा संक्रमण र मृत्युु भुुसको आगोसरी सल्किएको छ । बाँकेमा पनि आईसीयू र अन्य जनरल बेड बढाउने योजनामा सरकार छैन ।

कोरोनाको संक्रमणको दोस्रो लहर बाँकेमा झन् डरलाग्दो गरी फैलिएको छ । यसले महामारीको सामना गर्न स्वास्थ्य पूर्वाधार विस्तारमा प्रगति हुुन नसकेको बाँकेका कोभिड फोकल पर्सन तेज वलीले बताए । वलीका अनुुसार जिल्लामा संक्रमणले आक्रान्त बनाइसक्दा समेत पूर्वाधार बढाउन ध्यान पुुग्न सकेको छैन । 

वलीले लोकान्तरसँग भने, ‘हाम्रोमा अहिले ६० आईसीयू, १० भेन्टिलेटर र १३० जनरल बेडमा संक्रमितको उपचार भइरहेको छ । यो विगतकै पूर्वाधार हो । पहिलो लहरमा पनि बाँकेको नरैनापुुरमा कोरोनाको हटस्पट बनेको थियो ।

अहिले पनि बाँकेमै सुुनामी सरह कोरोना आएको छ । तर, महामारीसँग जुुध्न स्वास्थ्य पूर्वाधार निर्माणको काम हुुन सकेन ।’ बरु, अहिले नेपालगञ्ज उपमहानगरपालिका १०० बेडको अस्पताल बनाउन जुुटेको छ । 

कोरोना संक्रमितको बढ्दो संख्याले लुुम्बिनीमा आईसीयू र भेन्टिलेटरको चरम अभाव छ । अझै स्वास्थ्यकर्मीको समेत अभाव छ । स्वास्थ्यकर्मीको अभाव भएपछि लुुम्बिनी प्रादेशिक अस्पताल र भेरी अस्पतालले जनशक्ति माग गरेका छन् । 

प्रदेशमा आईसीयू र एचडीयूमा गरी १६५ र २२ जना भेन्टिलेटरमा उपचाररत छन् । शिक्षा तथा सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुुष्पराज पौडेलले कोभिडसँग प्रदेशमा स्वास्थ्य क्षेत्रलाई उकास्न प्रदेश सरकारले ठूलो रकम खर्च गरेको दाबी गर्छन् । 

‘कोभिडसँग प्रदेशले झण्डै स्वास्थ्य क्षेत्रमा ६० करोड रुपैयाँ खर्च गरिसक्यो,’ डा. पौडेलले भने, ‘राप्ती प्रादेशिक अस्पताल तुुलसीपुुरमा २५ शय्या एचडीयू, बर्दियामा पनि एचडीयू बेड, गुुल्मी, कपिलवस्तुु र अर्घाखाँचीका अस्पतालमा पनि बेड विस्तार गरिएको छ । बाहिर नदेखिए पनि काम धेरै भएका छन् ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x