२६ जेठ २०८३, मंगलबार

विद्युत् उत्पादन, प्रसारण र निर्माणलाई अत्यावश्यक क्षेत्रमा समेट्न माग

बैशाख १६, २०७८
विद्युत् उत्पादन, प्रसारण र निर्माणलाई अत्यावश्यक क्षेत्रमा समेट्न माग
प्रतिकात्मक तस्वीर

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले विद्युत् उत्पादन, प्रसारण र निर्माणका क्षेत्रलाई अत्यावश्यक सेवाको क्षेत्रमा समेट्न माग गरेको छ । 

इपानने बिहीवार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञाको समयमा विद्युत् आपूर्तिमा समस्या आउँदा जनतालाई प्रत्यक्ष असर गर्ने भएकाले विद्युत् क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्न माग गरेको हो ।

निषेधाज्ञाको समयमा घरैबाट सेवा प्रवाह गर्नुपर्ने अवस्था रहे पनि विद्युत् आपूर्तिमा समस्या हुँदा सेवा प्रवाहमा नै अवरोध आउन सक्ने भन्दै इपानले विद्युत्सँग सम्बन्धित व्यक्तिलाई आवतजावतमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ । 

इपानको बुधवार बसेका १२८ औं कार्यसमिति बैठकले विद्युत् आयोजना सञ्चालन, निर्माण तथा मर्मतजस्ता अत्यावश्यक कार्य अगाडि बढाउन आवश्यक जनशक्ति तथा मालसामान परिचालन गर्न आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा निर्वाध सवारीसाधन आवातजावत गर्न दिन पनि इपालने माग गरेको छ ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिएसँगै काठमाडौं उपत्यकासहित केही जिल्लाले निषेधाज्ञा जारी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्