असोज ६, २०८०
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
साहित्यिक क्षेत्रमा चिरपरिचित नाम हो हरिअधिकारी । नेपाली साहित्यको आकाशमा सिद्धहस्त लेखक मानिन्छन् उनी । कुशल पत्रकार समेत रहेका हरि दाइ कुशल अखबारी लेखक पनि हुन् ।
रसिलो र धितमर्दा हुन्छन् उनका राजनीतिक टिप्पणी । लेख, निबन्ध, प्रबन्ध, कथा, कविता, आख्यान सबैतिर उत्तिकै रेसमा छन् उनका कलम । नेपाली लेखक, साहित्यकारमाझ छुट्टै पहिचान छ उनको । शब्द भण्डार उनको विशेषता हो भने तिनका लालित्यपूर्ण संयोजन खुबी ।
लर्तरो लगन, साधना र अभ्यास विना सम्भव नै हुँदैन यस्तो तर उनका लागि भने बायाँ हातका खेल मानिन्छन् यी सबै । यति सजिलै नयाँ–नयाँ शब्द प्रयोग गरी रचनामा मिठास भर्छन् कि लाग्छ जादूगर नै हुन् शब्दका मामिलामा, शब्द खेलाउने मामिलामा । कुन ठाउँमा कुन शब्द प्रयोग गर्दा पाठक लठ्ठिन्छन् भन्ने उनलाई राम्रै थाहा छ । त्यसैले त सदाबहार राखेका छन्, राख्न सकेका छन्, राख्न सफल भएका छन् चिरन्तन पाठकलाई ।
एउटै व्यक्तिको पनि कतै आलोचना र कतै प्रशंसा भेटिन्छन् उनका कलममा । कतिलाई लाग्दो हो यस्तो विरोधाभाष किन ? तर यो विरोधाभाष होइन, यसैमा छिपेको छ उनको विशेषता । व्यक्ति आफैंमा पूर्ण पनि हुन्न र राम्रो नराम्रो पनि हुन्न, यी सबै उसले गरेको काममा भर पर्ने कुरा हो भन्ने कुुुुरा राम्रै थाहा छ उनलाई । थाहा छ र त निर्धक्क गर्ने गर्छन् त्यस्तै टिप्पणी । यसैलाई कसैले रुखो र खरो देख्छ भने त्यो उसको दृष्टिदोष हो । उनका लागि भने दोष होइन गुण हो यो । कुशादेवी काभ्रेका मध्यमवर्गीय अधिकारी ब्राह्मण पुत्रलाई हरि अधिकारी बनाएको छ यसैले नै ।
‘संकलित गद्यरचना’ नामक पुस्तक हालै प्रकाशित भएको छ उनको । विभिन्न समयमा लेखिएका र कतै प्रकाशित भइसकेका (पत्रपत्रिकामा, हुन सक्छ पुस्तकमै पनि) निबन्ध, प्रबन्ध समावेश छन् यसमा । शीर्षकले नै प्रस्ट पार्छ यो यस्तै किसिमको पुस्तक हो भन्ने । केही निकै पहिले प्रकाशित भएका र केही हालैका दिनहरूमा प्रकाशित निबन्ध, प्रबन्ध पर्छन् यिनमा ।
लेखन शैलीमा भने पहिले र अहिले निकै परिवर्तन भएका छन्, गरेका छन् उनले । विक्रमको ५० को दशकदेखि नै पढ्दै आएको हुँ उनलाई । शुरूमा जुन शैलीमा देखिन्थे अहिले आएर हेर्दा लाग्छ पाठकका प्रिय साहित्यकार हरि अधिकारी एउटै हुन् कि अलग छन् तर हुन् उनी एउटै ।
जवानीको जोशमा जति क्लिष्ट लाग्थे उमेर छिप्पिँदै गएपछि उति नै सरल, सरस र सुबोध हुँदै आएका छन् लेखनीका हरफहरूमा । विभिन्न समयमा लेखिएको निबन्ध, प्रबन्ध एकै स्थानमा समेट्नुको एउटा उद्देश्य आफ्नो लेखन शैलीमा आएको भिन्नता देखाउनु पनि हुनसक्छ सायद । यसको संकेत उनी आफैंले पनि गरेका छन् जस्तो लाग्छ पुस्तककै शुरूतिर कतै ।
लामा छोटा गरी कूल २३ वटा निबन्ध/प्रबन्ध समावेश छन् पुस्तकमा । सबै उत्तिकै उम्दा कोटीका लागे मलाई । एकएक नयाँ खुराक दिएका छन्, स्वाद दिएका छन्, स्वाद चखाएका छन् सबैले । त्यसैले त पढ्न शुरू गरेपछि नसकी उठ्नै मन नलाग्ने हुन पुगेको छ पुस्तक । तिनमा पनि कुनै २ वटा छान्न भनियो भने ‘हिमालको कथाः म हुँ शैलाधिराज हिमालय पर्वत’ र ‘एक नदीको कथा उसकै शब्दमा’ शीर्षकको प्रबन्ध चुन्ने पक्षमा उभिएको छु म चाहिँ ।
आफूलाई बढी मन पर्ने विषयसित सम्बन्धित भएकाले पनि त्यस्तो लागेको हुनुपर्छ सायद । करीब १ वर्षअघि मुलुकको प्रतिष्ठित एक दैनिकमा प्रकाशित भएका हुन् यी २ प्रबन्ध । त्यतिबेलै पनि धितमरुञ्जेल पढेको थिएँ मैले यिनलाई । पठ्दापढ्दै उनको अध्ययन र लेखन शैलीप्रति केही इष्र्या पनि नलागेको होइन न ढाँटी भन्नुपर्दा । पुस्तकको शीर्षक सुन्ने बित्तिकै यी र यस्तैयस्तै पूर्व पढिसकेका निबन्ध/प्रबन्ध हुनुपर्छ भन्ने लागेकाले मन पर्ने पुस्तकमा यसको पनि नाम लिएको थिएँ कुनै अनलाइन डटकममा । जबकि त्यतिबेलासम्म पुस्तक हस्तगत भइसकेकै थिएन । तथापि पुस्तकको नामले नै त्यस्तै निबन्ध/प्रबन्ध हुनुपर्छ भन्नेमा ढुक्क थिएँ ।
एकदिन फेसबूक म्यासेन्जरमा तपाईंले अमूक अनलाइनमा मेरो पुस्तकको पनि नाम लिनुभएको रहेछ, कतै मिल्छ भने समीक्षा लेखिदिनुहोला है भन्ने हरि दाइले सस्नेह सम्झना गर्नुभएको सम्झन्छु यतिबेला । अनि सम्झन्छु लेख्न त हुन्थ्यो दाइ ! तर पुस्तक पढ्नै पाएको छैन भनेको पनि । मेरो उत्तरले कस्तो प्रभाव परेछ कुन्नि लगत्तै आफ्ना सुपुत्र अंशु अधिकारीमार्फत पुस्तक हस्तगत हुने व्यवस्था मिलाइदिनुभयो उहाँले ।
पुस्तक हात पर्नासाथ तिनै निबन्ध/प्रबन्धलाई दोहोर्याएर पढें । आहा कति सुन्दर कहानी हाम्रा हिमालय पर्वत र नदी प्रणालीका । हिमालयको उठेको र नदी प्रणालीको धेरथोर जानकारी यसअघि पनि नभएको होइन तर हिमालको लम्बाई–चौडाई कति हो, कहाँदेखि कहाँसम्मका भूभाग समेटिएका छन् जस्ता कुरा भने कोरा ज्ञानमै सीमित थिए मेरा लागि । यसको अर्थ यसबारे जिज्ञासा नै थिएन भन्ने होइन । केही जिज्ञासा जरुर थिए तर पूर्ण जानकारी भने पाउन सकिरहेको थिइनँ ।
अहिले हरि अधिकारीको संकलित गद्यरचनाको अक्षर यात्रामा अनुद्घाटित यस्ता तमाम जिज्ञासाको उत्तर पाएँ जस्तो लागिरहेको छ । सायद अरुहरूलाई पनि यस्तै भएको हुनुपर्छ जस्तो लाग्छ । यहाँका नदी प्रणाली खासगरी काली गण्डकीको कुरा पनि करीब त्यस्तै छ । यिनको उत्पत्ति कहिले, कसरी भयो, नदीको पानी कालो किन भयो, उनको गर्भमा पाइने शालिग्राम भनेको के हो, कसरी बन्यो, उनले कति रूप धारण गरिन्, कति लामो यात्रा गरी कहाँ पुगेर कुन जल प्रवाहमा समाधि लिइन्, उनका मुख्य–मुख्य सहायक नदीहरू कुन–कुन हुन् भन्ने जस्ता यावत कुराको सम्यक जानकारी दिएको छ एउटै प्रबन्धले तर सहायक नदीको कुरा गर्दा उत्तरी धादिङ जिल्लामा पर्ने गणेश हिमालबाट उत्पत्ति भई सल्यानटारको पुछारमा आएर बुढीगण्डकीमा समावेश हुने नेत्रावती नदीको नाम भने छुटेको पाएको छु । नेत्रावतीभन्दा साना र हिमालय आधार नभएका तादी आदि नदीको नाम सम्झने लेखकले हिमालयको काखबाट उत्पन्न हुने यति ठूलो नदीको नाम किन सम्झन सकेनन्, त्यसमा भने प्रस्ट हुन सकिरहेको छैन ।
यसबाहेक अन्य निबन्ध/प्रबन्धको अवस्था पनि त्यस्तै छ । नामै लिनुपर्दा भैरव अर्यालको दुःखदायी अन्त्यको कथा, प्रसंग महाकवि देवकोटाको बनारस प्रवासको, सुन्दरीजल जेलमा भट्टराईको अन्तिम डायरी आदि शीर्षकका प्रबन्ध मन परेका छन् मलाई । यसको अर्थ अन्य प्रबन्धका भूमिका कम छन् भन्ने होइन । सबैका भूमिका आ–आफ्ना स्थानमा उत्तिकै महत्त्वको छ । पुस्तकमा उनले आफूलाई ढाँटेका पनि छैनन्, बिर्सेका छैनन् देश र समाजलाई पनि ।
हाल प्रवासमा छन् उनी । कहिले फर्कन्छन् थाहा छैन, चाँडै फर्कने विचार गरेको छु भनेका थिए म्यासेन्जरमा कुरा हुँदा तर मन र मस्तिष्क भने स्वदेशकै माटोमा घुमिरहेको छर्लङ्ग पारेको छ पुस्तकले ।
केही वर्षअघि पतञ्जलि योगपीठ हरिद्वारको अवलोकन भ्रमणमा पुगेको थियो पंक्तिकार केही साथीका साथमा । भ्रमण दलमा गोरखा आयुर्वेद कम्पनीका केही जिम्मेवार पदाधिकारी पनि हुनुहुन्थ्यो । प्रसंग अनुसार आयुर्वेदीय औषधिको कुरा उठ्दा तिम्रो देशमा के छ र त्यस्तो भन्ने रुखो जवाफ फर्काएका थिए त्यहीँका एक उच्च अधिकारीले । उनको कुराले ज्यादै नमीठो गरायो हामीलाई ।
कुरो कस्तो थियो भन्नुभन्दा पनि कसले गरेका थिए भन्ने महत्त्वपूर्ण थियो त्यतिबेला । किनकि त्यस्तो कुरा गर्ने सज्जन नेपालकै भूमिपुत्र थिए, जसले पछि यहीँ आएर व्यापार–व्यवसाय बढाएका थिए, बढाइरहेका छन् । अलिकति प्रगति गर्ने बित्तिकै उत्ताउलोपन देखाउने प्रवृत्तिप्रति हरि अधिकारी जस्ता स्वदेशप्रेमी गतिलो उदाहरण हुन सक्छन् जस्तो लागेको छ ।
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...