प्रदेश प्रमुखलाई हटाउनुभन्दा संघीयता खारेज गर्नु बेस : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रदेश प्रमुखलाई जतिबेला मन लाग्यो हटाउने र राख्ने गर्नुभन्दा संघीयता नै खारेज गर्नु बेस हुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी लेख्दै अध्यक्ष थापाले प्रदेश प्रमुखलाई राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उद्देश्य राख्नु गलत भएको बताए ।


Advertisement

उनले लेखेका छन्, ‘राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उद्देश्य राखी प्रदेश प्रमुख जस्तो गरिमामय संवैधानिक पदमा रहेका व्यक्तिलाई जतिबेला मन लाग्यो हटाउने र राख्ने सरकारको काम गलत र संविधानको भावना विपरीत छ । यो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक हो । यस्तो काम गर्नुभन्दा संघीयता खारेज गर्नु बेस ।’

सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएपछि अध्यक्ष थापाबाट टिप्पणी आएको हो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्