आजको मौसमः कतै बदली, कतै वर्षा

मंगलबार प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  यस्तै प्रदेश २, लुम्विनी र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

यस्तै राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ।  देशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।


Advertisement

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्