×

NMB BANK
NIC ASIA

उपचार नपाउँदा कोरोना संक्रमितको बिचल्ली

बैशाख २१, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

लुम्बिनी प्रदेशमा बाँकेपछि रूपन्देही संक्रमणको केन्द्र बनेको छ । यहाँका बुटवल, तिलोत्तमा र सिद्धार्थ नगरमा धेरै संक्रमित छन् ।

Sagarmatha Cement
Muktinath Bank

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत धागो कारखाना र भैरहवास्थित भीम अस्पताललाई कोरोना विशेष घोषणा गरिएको छ । दुवै अस्पताल भरिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेड अभावमा भुँइमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । नयाँ संक्रमितले भर्ना नपाउँदा बिचल्ली छ । कतिपय बिरामीले बेडको प्रतीक्षा गर्दागर्दै अस्पतालको फिभर क्लिनिक र आपतकालीन कक्षमै प्राण त्यागेका छन् । केहीको अस्पतालबाट फर्किएर घर पुगेपछि मृत्यु भएको छ ।


Advertisment
Nabil box
Kumari

कोरोना अस्पतालमा स्वास्थ्य पूर्वाधार र सामग्रीको अभाव छ । पहिलो लहरमै ‘हटस्पट’ बनेको जिल्लामा दोस्रो लहरसम्म आइपुग्दा पनि संघीय र प्रदेश सरकारले पूर्वाधार थप्न चासो दिएनन् ।

Vianet communication
Laxmi Bank

प्रदेश सरकारले पूर्वाधारमा लगानी गर्ने निर्णय गरे तर कार्यान्वयन भएन । भीम अस्पतालमा बहिरंग सेवा स्थगन गरेर कोरोनाको उपचारमा केन्द्रित गरिएको छ । अस्पतालमा सुविधायुक्त बेड जडान गरिएका छन् । आईसीयू र भेन्टिलेटर वार्ड छन् तर संक्रमितको उपचारका लागि फिजिसियन चिकित्सकको अभाव छ, जसले गर्दा त्यहाँ गम्भीर बिरामीको उपचार भइरहेको छैन । कोरोना संक्रमितको उपचारका लागि १ जना कोभिड फोकल पर्सन, ४ मेडिकल अफिसर, १ जना एनेस्थेसियन र १४ नर्स खटिएका छन् ।

अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले चिकित्सक र नर्सको पदपूर्तिका लागि आवेदन माग गरे पनि कोही नआएको बताए । ‘पूरै अस्पताललाई कोरोना उपचारका लागि प्रयोग गरौं, अझै एक सय बेड थपौं, जनशक्ति दिनूस् भनेर माग गरेका थियौं, थाकिसक्यौं,’ उनले भने, ‘मानिसको ज्यान गइरहेको विषयमा संवेदनशीलता नै देखिएन ।’

उनले अस्पतालमा अक्सिजन आपूर्ति हुने पाइपलाइनको केही भागमा अहिले समस्या आएको र त्यसका लागि सामग्री र मर्मत गर्ने मान्छे नपाएको सुनाए । ‘अक्सिजनको माग बढिरहेका बेला पाइप बिग्रेर समस्या भयो,’ उनले भने, ‘यस्तो बेला अक्सिजन मौज्दात भए पनि बिरामीलाई दिन नसकिने हो कि भन्ने चिन्ता भइरहेको छ ।’

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले धागो कारखानामा सञ्चालन गरिरहेको कोरोना विशेष अस्पताल र फिभर क्लिनिकमा मेडिकल अफिसर र नर्स सरकारले तोकेको दरबन्दीको २० प्रतिशत मात्रै छन् । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले अहिले कार्यरत जनशक्तिले हरेक बिरामीको राम्ररी हेरचाह र रेखदेख गर्न नसकेको बताए । ३२ जना बिरामी भर्ना रहेको आईसीयूभित्र २ जना नर्स कार्यरत छन् । ‘२ जना बाहिरबाट औषधि र अन्य सामान पुर्‍याउन बस्ने गर्छन्,’ उनले भने, ‘३२ जना बिरामीलाई दुई जना नर्सले रेखदेख गर्नुपर्ने अवस्था चरम अभाव हो ।’

उनका अनुसार बिरामीले नर्सले निरन्तर संवाद गरून् भन्ने चाहन्छन । अस्पतालले पनि जनशक्ति माग गरेको चार दिनभन्दा बढी भइसक्यो । तर न मेडिकल अफिसर आएका छन् न त नर्स ।

अस्पतालमा एकैपटक ३२ सिलिन्डर जडान गरेर बिरामीलाई अक्सिजन चढाउनुपर्छ । अस्पतालबाहिर त्यति सिलिन्डर जगेडा राखिएको देखिन्छ । गौतमका अनुसार दिनमा चार पटकसम्म त्यही संख्यामा अक्सिजन ल्याइराख्नुपर्छ । ‘अक्सिजन एक्कासि सकिए कता हारगुहार गर्ने ?’ उनले भने, ‘बिरामीको ज्यान जोखिममा पार्ने अवस्था नआओस् भनेर कामना गरिरहेका छौं ।’ अहिले एक हजार नयाँ बेड थपे पनि होम आइसोलेसनमा रहेका रूपन्देहीका ३ हजारभन्दा बढी संक्रमितका लागि अपुग हुने उनले बताए । अहिले अस्पतालमा अक्सिजनसहितका ३२ बेड थपिएका छन् । ती पनि भरिइसके । अभाव भएकाले नयाँ बिरामी भर्ना लिन सकिएको छैन । अस्पतालमा आएका बिरामीलाई बेड छैन, अस्पताल परिसरमा छटपटाएर बिरामीको मृत्यु भएको देख्दा पीडा महसूस हुने गरेको उनले सुनाए ।

कोरोना संक्रमितको उपचार गरिरहेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज निजी भएकाले सरकारले कुनै सहयोग नगरेको अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । ‘आफ्नै स्रोत र साधनले सबै व्यवस्थापन गरिरहेका छौं,’ उनले भने, ‘अब थेग्ने अवस्था छैन ।’ कोभिड वार्डमा काम गर्ने स्वास्थ्यकर्मीमध्ये धेरैलाई संक्रमण भएकाले जनशक्ति अभाव भएको उनले बताए । अहिले अस्पतालमा २० वटा एचडीयू तयार भए पनि जनशक्ति नहुँदा सञ्चालन गर्न नसकिएको गुरुङले सुनाए ।

‘संक्रमितलाई आवश्यक रेम्डिसिभिर, शव व्यवस्थापनमा चाहिने र्‍यापर अपुग छ,’ उनले भने, ‘समस्या दिनप्रतिदिन गाँजिदै जाने स्थिति छ ।’ अस्पतालमा दिनमा ५ सय सिलिन्डर अक्सिजन खपत भइरहेको छ ।

कोरोनाका लागि छुट्याइएका ११ वटै आईसीयू बेड भरिएको उनले जानकारी दिए । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जिल्लामा रहेका अस्पताल, होल्डिङ सेन्टर र स्थानीय तहसम्म स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रदेश सरकारसमक्ष आग्रह गरिरहेको प्र्रमुख जिल्ला अधिकारी आशमान तामाङले बताए । बुटवलको कोरोना विशेष अस्पतालमा १५ वटा आईसीयू, चार भेन्टिलेटर र ३२ एचडीयू सञ्चालनमा छन् । ती सबै भरिएका छन् । भीम अस्पतालमा रहेका पाँच आईसीयू बेडमध्ये ३ वटामा बिरामी छन् । २२ वडा एचडीयू बेडमध्ये १८ सञ्चालनमा छन् ।

दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजन अभाव कायम छ । अस्पतालले अक्सिजन सहयोग गर्न सरोकारवालालाई आह्वान गरेको छ । आइतवार दिउँसो अक्सिजन सकिएपछि ४० बिरामीलाई बचाउन हतपत बजारमा रहेका अक्सिजन सिलिन्डर संकलन गरिएको थियो । अहिले पनि अक्सिजन भण्डारण नभएकाले सबैतिरबाट सहयोगका लागि अपिल गरिएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए ।

सोमवार दाङ जिल्ला उद्योग वाणिज्य संघले ५० वटा अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराएको उनले बताए । ‘स्टक राख्ने अक्सिजन सिलिन्डर नहुँदा समस्या भएको छ,’ उनले भने । जिल्लामा अक्सिजन बिक्री गर्ने व्यवसायी र अक्सिजन सिलिन्डर भएका सबै उद्योगी, व्यवसायीलाई अक्सिजन सहयोग गर्न अनुरोध गरिएको वलीले बताए ।

अस्पतालमा दिनमा १२० सिलिन्डर अक्सिजन खपत भइरहेको र ५०० सिलिन्डर अक्सिजन स्टक चाहिएको उनले बताए ।

अस्पतालमा दिनहुँ नेपालगञ्जबाट अक्सिजन भरेर ल्याउने गरिएको छ । अक्सिजन लोड गर्न र बाटोमा केही समस्या भएर गाडी ढिला भए अस्पतालमा हाहाकार हुने वलीले बताए । अस्पतालमा सोमबारसम्म ५२ बिरामीको उपचार भइरहेको छ । अक्सिजन अभावमा सबै बेड प्रयोग गर्न नसकिएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए ।

‘अक्सिजन नपाएका कारण स्थानीय तहले स्थापना गरेका आइसोलेसन अस्पताल सञ्चालनमा आउन सकेका छैनन्,’ उनले भने, ‘दाङमा बिरामीको संख्या अनुसार दिनमा १ हजार सिलिन्डर अक्सिजन चाहिन्छ तर अहिले जिल्लाभर ६०० सिलिन्डर मात्रै छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x