कांग्रेस नेता शंकर भण्डारी अस्पताल भर्ना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमवार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् ।


Advertisement

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौं फर्केका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित पत्नी र छोरालाई कोरोना संक्रमण देखिएको थियो ।

पूर्व मन्त्री भण्डारीकी पत्नी र छोरा भने होम आइसोलेसनमै छन् । 

कमेन्ट गर्नुहोस्