×

NMB BANK
NIC ASIA

कोरोना संकट

यसपटक संक्रमण फरक छ, मास्क र दुईमिटर दूरी नै कोरोनाको उपचार हो– डा. जागेश्वर गौतम [कुराकानी]

बैशाख २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा वैशाख  २० गतेसम्ममा कोरोनाका सक्रिय संक्रमितको संख्या५४ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेजनाएको छ,जसमध्ये ५० हजार १७२  जना होम आइसोलेसनमा,३ हजार ८६९ जना संस्थागत आइसोलेसनमा, ५७८ जना आईसीयूमा१४२ जना भेन्टिलेटरमा उपचाररत छन

Muktinath Bank

नेपालमा द्रुत गतिमा संक्रमण बढ्दै गएको तथा मानिसको मृत्यु पनि सोही अनुपातमा भइरहेको अवस्थामा कोरोना संक्रमणको विषयमा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग लोकान्तरका अजय अनुरागीले कुराकानी गरेका छन प्रस्तुत छ, कुराकानीको सम्पादित अंश  :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हामीले प्रत्येक दिन देशभरिका विभिन्न कोभिड अस्पतालहरूमा बेड थपिरहेका छौं। अहिले सम्म  हामी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलेदेखि पनि संचालनमा रहेका कोभिड अस्पतालहरूमा करीब १ हजारको संख्यामा बेड थप्ने काम शुरू गरेका छौं। लगभग त्यो थप्ने काम अहिलेसम्म सकिएको होला। मेचीदेखि महाकालीसम्म पालिकाले, प्रदेशले र संघले समेत थप्ने काम गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

त्यसैले देशभरिमा तीनवटै तहले कति संख्यामा अस्पतालको बेड थपे भन्ने कुरा दुई दिनपछि तथ्यांक आउला ।

Vianet communication
Laxmi Bank

अहिले कोरोना संक्रमण द्रुत गतिमा बढिरहेकाले देशमा स्थिति भयावह बन्दै गएको छ । हाम्रो देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था भइसक्यो भनेर हामी (स्वास्थ्य मन्त्रालय) ले भन्दै आएको ५ साता भइसक्यो। अलि अप्ठ्यारो अवस्था छ भनेर पब्लिक्ली भनेको पनि ५ साता भइसक्यो। तर, पनि नागरिकले चेतेका छैनन्। २ मिटर दूरी र मास्कबाहेक अरू केही उपाय छैन । सरकारले के गर्छ ? दुईमिटरको दूरी पनि सरकारले नै लगाइदिने हो ? प्रत्येक घर-घरमा गएर हरेक परिवारका सदस्यलाई घरमै पुगेर मास्क लगाइदिने र दुईमिटरको दूरीमा राखिदिने त होइन नि !

आईसीयू बेड र भेन्टिलेटरको पछि मात्र लागेर के हुन्छ? मान्छे यहाँ भटाभट मरिरहेकै छन् । आईसीयू र भेन्टिलेटरमै ती मानिसहरू मरेका छन् । आईसीयू र भेन्टिलेटर भएपछि मानिस नमर्ने भन्ने कुरा होइन नि ! रोग लागेपछि त मान्छे बिरामी भएर मर्छन् भन्ने कुरा त बुझ्नुपर्‍यो नि ! रोग लागेरै सबै मानिस मरेको हो भन्ने कुरा किन बुझ्न नसकेको हो ? यो रोग लागेपछि कुनै पनि उपचार छैन । मान्छे मरिरहेका छन् भनेर अब पनि सरकारले नै बुझाउनुपर्‍यो ?

कोभिड १९ नामक रोगको कुनै उपचार नै छैन, जे जति उपचार छन् त्यो सपोर्टिभ मात्र हो । सपोर्टले मात्रै त मान्छे बाँच्दैन नि ! जसको शरीरमा रोगविरुद्ध लड्न सक्ने शक्ति राम्रो छ त्यो मानिसले सपोर्टिभ उपचारबाट बाँच्ने हो, जसको त्यो शक्ति राम्रो छैन, बाँच्दैन । त्यसै कारण मानिसको अहिले मृत्यु भइरहेको छ।

आईसीयू नभएर, भेन्टिलेटर नभएर मान्छे मरेको होइन नि त अहिले । रोगले मरेको हो । नेपालमा सरकारले व्यवस्था गरेन, अस्पतालको स्तर सुधार गरेन भनेर आलोचना गर्नुको कुनै औचित्य छैन । अमेरिकामा, इटलीमा किन मर्‍यो मान्छे? त्यहाँ सुविधा नभएर मान्छे मरेको होइन नि ! त्यहाँ त पर्याप्त सुविधा थियो, तर पनि मान्छे मर्‍यो नि। सबै ठाउँमा जहाँ सुविधा छ, त्यहाँ पनि रोगले नै मान्छे मरेको हो नि !

यो रोगको उपचार नै छैन । त्यतातिर खोई सोचेको मान्छेले ? खाली आईसीयू र भेन्टिलेटरको पछाडि लागेका छन्। मास्क लगाएर दुईमिटर टाढा बस्यो भने यो रोग सर्दै सर्दैन। त्यो स्ट्रिक्टली गर्नुपर्‍यो। सबैले गर्नुपर्‍यो। गर्न पर्ने कुरा नगर्ने र नहुने कुराको उत्तर मात्र खोजेर के हुन्छ?

तपाईंलाई तिर्खा लाग्यो भने पानी खानु पर्‍यो, भात खाएर त तिर्खा मेटिँदैन नि! भोक लाग्यो भने पानी खाएर भोक मर्दैन नि ! त्यस कारण यो रोगको उपचार छैन। रोग लाग्नबाट बच्ने नै मुख्य कुरा हो। पोहोर सालको इन्फेक्सन अलि जटिल खालको थिएन। अलि कम प्रभाव पारेको थियो। अक्सिजन कम चाहिन्थ्यो। तर, अहिलेको इन्फेक्सन फरक छ। फरक प्रजातिको भाइरस हो । धेरै ठूलो प्रभाव पारिरहेको छ।

अचानक गम्भीर, जटिल स्थितिमा बिरामी पुगिरहेका छन्। त्यस कारण धेरै मानिसको मृत्यु हुनसक्छ। र, ५ वर्षपछि पनि मलाई सोध्नु भयो भने त्यही कुरा भन्छु, दुई मिटरको दूरी र मास्क नै उपचार हो ।

लाखौं, करोडौं मानिसको निधन भए पनि मैले त्यही जवाफ दिनेछु। फेरि मैले भन्ने कुरा त्यही हुन्छ। साँचो कुरा त त्यही रहन्छ नि ! मेरो नाम अहिले सोधे पनि र पाँच वर्षपछि सोधे पनि डा. जागेश्वर गौतम नै मैले भन्ने हो नि, हैन ?  त्यसकारण कोभिडबाट बच्नु नै सर्वोत्तम उपाय हो। त्यसको लागि दूरी र मास्क नै उपाय हो। अब अरू कुरा तपशीलका कुरा गरेर केही काम छैन।

नेपालमा कति मानिसको मृत्यु हुनसक्छ भन्ने कुरा कसरी अनुमान लगाउने ? स्वास्थ्यको मापदण्ड पालना गरेनन् भने त मान्छे यसरी नै मरिरहन्छन् वर्षौं वर्षसम्म। यो रोग त अहिले रोकिने छैन नि।

१५ महिनादेखि मानिस मरिरहेका छन्। यो रोग कि आफैं हराएर जानुपर्‍यो कि दूरी कायम गरेर रोक्नु पर्‍यो। भ्याक्सिनले पनि पूरापूरी रोक्दैन। भ्याक्सिनले पनि ७० प्रतिशतसम्म मात्र रोक्ने हो। ३० प्रतिशतलाई भ्याक्सिनले रोक्दैन। तपाईंले मलाई भ्याक्सिन रोज्ने कि मास्क रोज्ने भनेर मलाई सोध्नु भयो भने म त मास्क रोज्छु। अनि मेरा लागि फरक र फूटपाथमा हिँडने व्यक्तिलाई फरक गर्छ यो रोगले भन्ने कुरा होइन नि ! 

अहिले मन्त्रीहरू पनि संक्रमित भएर सुतिरहेका छन् नि, देख्नुभएन ? चिल्लो गाडीमा चढ्दैमा, धनसम्पत्ति हुँदैमा रोकिने रहेनछ नि ! के पूर्वराजा ज्ञानेन्द्र शाहसँग पैसा छैन ? अनि लागिरहेको छ त रोग। भीडभाडमा जानेलाई बढी लाग्छ रोग । जानु भयो कोही जुलुसमा, कोही नारामा, कोही आम सभामा त कोही कुम्भ मेलामा जानु भयो र रोग लिएर आउनु भयो। त्यसैले बुझपचाउनुभएन। सत्यसँग साकार हुनुपर्छ।  

(कुराकानीमा आधारित)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x