भारतमा ८ वटा सिंहलाई लाग्यो कोरोना

भारतको हैदराबादमा रहेको नेहरु जूलोजिकल पार्कमा आठवटा सिंहहरू कोभिड पोजिटिभ भएका छन् । 

सेन्टर फर सेलुलर यान्ड मोलिक्युलर बायोलोजीले आरटी–पीसीर परीक्षणमा सिंह पोजिटिभ पाइएको बतायो । 


Advertisement

‘न्युयोर्कको ब्रोंक्स चिडियाखानामा पोहोर साल आठवटा बाघ र सिंह कोभिड पोजिटिभ भएदेखि वन्यजन्तुलाई कोभिड लागेको यो पहिलो घटना हो । तर हङकङमा कुुकुर र बिरालोमा भाइरस फेला पारिएको थियो,’ वाइल्डलाइफ रिसर्च यान्ड ट्रेनिङ सेन्टरका निर्देशक डा शिरीष उपाध्याले बताए । 

स्रोतहरूका अनुसार, अप्रिल २४ मा वन्यजन्तु चिकित्सकहरूले सिंहहरूमा भोक नलाग्ने, सिँगान चुहिने र खोकी लाग्ने समस्या देखेका थिए । चालीस एकड क्षेत्रमा १० वर्ष उमेरका १२ वटा सिंह छन् । तीमध्ये चार भाले र चार पोथी कोभिड पोजिटिभ छन् । 
 

पशुचिकित्सकहरूले यसको जानकारी दिएपछि व्यवस्थापनले उनीहरूलाई स्याम्पल लिन लगाएका थिए । उनीहरूले ओरोफ्यारीनजीलबाट स्वाब स्याम्पल लिएर स्वास्थ्य परीक्षण गरेका थिए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्