म्यान्मारमा कचिन विद्रोहीले खसाए सेनाको हेलिकप्टर

म्यान्मारको उत्तरतिर रहेको पहाडमा कचिन विद्रोहीहरूले सेनाको एक हेलिकप्टरलाई गोली हानेर खसाएको दाबी गरेका छन् । 

सोमवार कचिन इन्डिपेन्डेन्स आर्मीले मोमाउक शहर नजिक सेनाको हेलिकप्टर खसाएको दाबी गरेका हुन् । त्यहाँ धेरै दिनदेखि सेनाले हवाई आक्रमण गरेको थियो । 


Advertisement

‘सैन्य परिषद्ले उक्त क्षेत्रमा आज बिहान ८ देखि ९ सम्म हवाई आक्रमण गरेको थियो । उसले लडाकू विमान उपयोग गरेको थियो र हेलिकप्टरबाट पनि प्रहार गरेको थियो । त्यसैले हामीले जवाफी कारवाही गरेका हौं,’ प्रवक्ता नाव बुले बताए । 

उक्त क्षेत्रका अर्का एक निवासीले गाउँको एक मोनास्टरीमा आर्टिलरी शेलको आक्रमण भएपछि चारजना मारिएको बताए । 

बेग्लै घटनामा म्यान्मारको मध्य भागमा पार्सल बम विस्फोट हुँदा पाँचजनाको मृत्यु भएको छ । तिनमा एक निलम्बित सांसद र तीनजना प्रहरी अधिकृत पनि परेको मिडियाले मंगलवार खबर दिएको छ । उनीहरू भद्र अवज्ञा आन्दोलनमा सहभागी थिए । 

पश्चिमी बागोमा रहेको एक गाउँमा उक्त विस्फोट सोमवार अपराह्न ५ बजे भएको म्यान्मार नाउ न्युज पोर्टलले खबर दियो । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्