कोरोना संक्रमणका कारण २ हप्ताका लागि कांग्रेस प्रवक्ताबाट विश्वप्रकाशले लिए बिदा

फाइल तस्वीर

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २ हप्ताको लागि प्रवक्ताको जिम्मेवारीबाट बिदा लिएका छन् । 

मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै शर्माले अस्वस्थताको कारण देखाउँदै प्रवक्ताको जिम्मेवारीबाट दुई साताको लागि बिदा लिएको जनाएका छन् । 


Advertisement

उनले भनेका छन्, 'अस्वस्थताका कारण दुई साताका लागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु ! मिडिया, पार्टी र शुभचिन्तकहरुसँग क्षमा चाहन्छु !'

कोरोना संक्रमणका कारण नेता शर्मा अहिले होम आइसोलेसनमा बसिरहेका छन् ।

उनले आफू चाँडै पूर्ण स्वस्थ भएर मैदानमा फर्किने बताएका छन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्