×

NMB BANK
NIC ASIA

गण्डकीकी नयाँ प्रदेश प्रमुख– कुनैबेला विद्या भण्डारीभन्दा सिनियर, अहिले उनैबाट नियुक्ति !

बैशाख २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

केन्द्रदेखि प्रदेशसम्म सत्ताको जोडघटाउ जारी रहँदा सरकारले गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुख फेरबदल गरेको छ । 

Muktinath Bank

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार गण्डकी प्रदेश प्रमुखबाट अमिक शेरचनलाई हटाएर सीताकुमारी पौडेल र सुदूरपश्चिममा शर्मिला त्रिपाठीलाई हटाएर गंगाप्रसाद यादवलाई नियुक्त गरेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गण्डकीका लागि नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार हुन् । 


Advertisment
Nabil box
Kumari

चितवन निवासी पौडेलको जन्म भने कास्कीमै भएको हो । कास्कीको पुरञ्चौरमा उनको जन्म २०१४ सालमा भएको थियो ।​

Vianet communication
Laxmi Bank

बुवाको नाम कृष्णप्रसाद पौडेल र आमाको नाम रेवती पौडेल हो । सानै उनको परिवार बसाइँ सरेर चितवन पुग्यो । 

कास्कीमा धेरै लामो समय बसिनन् । कक्षा १ सम्म मात्र पढेको उनको सम्झना छ । स्थानीय भारती भवन माविमा कक्षा १ पढेपछि परिवार २०२२ सालमा चितवन बसाइँ सरेको उनले लोकान्तरसँग बताइन् ।  

पढाइअघि बढाउने क्रममा कक्षा ७ मा जब पुगेकी थिइन्, उनमा राजनीतिक चेत नजानिँदो तवरले घुस्यो । २०२७ सालमा तत्कालीन स्कुल युनियनमा आबद्ध भएसँगै राजनीतिमा उनको प्रवेश भएको हो । त्यसपछि २०३४/३५ साल ताका तत्कालीन नेकपा क्रान्तिकारी महिला अध्ययन दलमा संगठित भइन् । २०३७ सालमा अखिल नेपाल महिला संघ (अनेमसंघ) मा लागिन् । 

२०४३ सालमा तत्कालीन नेकपा मालेको जिल्ला कमिटी सदस्य तथा अनेमसंघको केन्द्रीय सदस्य बनिन् । उनी अनेमसंघमा २ पटकसम्म महासचिव र १ पटक उपाध्यक्ष भइन् । हाल अनेमसंघमा उनी केन्द्रीय संयोजकको भूमिकामा छिन् । 

रोचक कुरो के छ भने उनै पौडेल अनेमसंघमा महासचिव हुँदा हालकी राष्ट्रपति विद्यादेवी भण्डारी भर्खर केन्द्रीय सदस्य थिइन् । 

२०५५ सालमा पौडेल महासचिव हुँदा भण्डारी सदस्य रहेकी थिइन् । पछि पौडेल २०६२ मा पनि महासचिव चुनिइन् । २०६२ मा भने भण्डारी अध्यक्ष बनिन् । 

यसैगरी २०६९ सालमा अनेमसंघको पोखरामै छैटौं राष्ट्रिय सम्मेलन भयो । त्यसबेला उनी उपाध्यक्षमा स्तरोन्नति हुँदा भण्डारी अध्यक्षमा दोहोरिइन् । पौडेल अनेमसंघको आसन्न सातौं राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजक छिन् । 

पौडेलको राजनीतिक यात्रा पार्टीको अञ्चल कमिटी सदस्य, राष्ट्रिय परिषद् सदस्य हुँदै नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यसम्म रहेको छ । २०५६ सालको चुनावमा चितवनमा उनलाई नेकपा एमालेले उम्मेदवार बनायो । चुनाव भने उनको पक्षमा आएन । नेपाली काँग्रेसका उम्मेदवार एकनाथ रानाभाटले उनलाई झिनो मतान्तरले हराए । 

२०६४ सालमा पहिलो संविधानसभाको चुनाव भयो । लामो समयदेखि कम्युनिस्ट पार्टीमा आवद्ध उनी समानुपातिक कोटाबाट सभासद बन्न सफल भइन् । ६४ वर्षको उमेरसम्म पनि राजनीतिमै समर्पित उनले बिहे भने गरिनन् ।

लोकान्तरसँगको कुराकानीमा उनले सरकारले आफूलाई प्रदेश प्रमुख नियुक्त गरेकोमा खुशी लागेको बताइन् । गण्डकी प्रदेशवासीको हितमा काम गर्ने प्रतिबद्धता उनको छ । आफू जुन पार्टीमा रहे पनि अब सबैको साझा बन्ने उनले बताइन् । 

गण्डकी प्रदेशमा उनी तेस्रो प्रदेश प्रमुखका रूपमा नियुक्त भएकी हुन् । हालै पदमुक्त अमिक शेरचन माओवादी कोटाका हुन् । जिम्मेवारी खोसिएपछि मंगलबार पत्रकार सम्मेलन गरी उनले पदमुक्त भएकोमा अत्यन्तै खुशी लागेको प्रतिक्रिया दिएका छन् । 

उनले भने, ‘पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरीमुरी धन्यवाद छ, राष्ट्रपतिज्यूलाई । पहिला ओलीजी र पुनः प्रचण्डजीमार्फत ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो ।’ 

पछि पार्टीको निर्णय आएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भै प्रदेश प्रमुखको पद स्वीकार गरेको उनको भनाइ छ । 

पदमुक्त भएपछि खुला जेलबाट मुक्त भएको जस्तो अनुभूति गरेको भन्दै उनले आफू विगतमा राष्ट्रपति, प्रधानमन्त्री पदको प्रस्ताव ठाडै इन्कार गरेको व्यक्ति भएको दाबी समेत गरे ।

विभिन्न संघर्षहरूमा कुनै पनि प्रकारको षड्यन्त्र र गद्दारी नरेको भन्दै कमिसन र भ्रष्टाचारमा आफू नडुबेको दाबी पनि उनले गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x