पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
बैशाख २१, २०७८
चिनियाँ जनमुक्ति सेनाले पहिलोपटक तिब्बतीहरू मात्र राखिएको सैन्य इकाइ बनाउने प्रयास गरेको छ ।
भारतका सैन्य गुप्तचर अधिकारीहरूले आईएएनएस समाचार संस्थालाई बताएअनुसार, चिनियाँ सेनाका वरिष्ठ अधिकारीहरू तिब्बतका विशेष ठाउँमा गएर तिब्बतीहरू मात्र समावेश गरिने सुरक्षाबल बनाउन खोजिरहेका छन् ।
त्यसमा समावेश गरिएका अधिकांश तिब्बतीहरू मिश्रित हुन् अर्थात् अधिकांशका तिब्बती आमा र हान चिनियाँ पिता छन् ।
चिनियाँ सेनाका पूर्व हान चिनियाँ सैनिकहरूले तिब्बती महिलासँग विवाह गरेर जन्माएका सन्तान उक्त टुकडीमा रहने गुप्तचर अधिकारीहरूको कथन छ ।
ल्हासामा रहेका चिनियाँ सेनाका अधिकृतहरू सुदूरपश्चिममा रहेका न्गारी प्रिफेक्चर तथा सीमावर्ती जान्दा वा छाम्दा काउन्टीमा विशेष तिब्बती सैन्य इकाइमा भर्तीका लागि योग्य युवाहरूको खोजीमा लागेका छन् ।
गत फेब्रुअरी महिनादेखि भर्तीको काम शुरू गरिएको हो र अहिलेसम्म चलिरहेको छ ।
बेइजिङविरोधी तिब्बती कुनै हालतमा उक्त इकाइमा नपरोस् भनी चिनियाँ अधिकारीहरूले सुनिश्चित गरिरहेका छन् ।
चिनियाँ जनमुक्ति सेनाले ल्हासामा अनेकौं चरणमा भर्तीका कार्यक्रम चलाएर तिब्बतीहरूलाई समावेश गर्न खोजेका छन् ।
भारतले बनाएको गोप्य तिब्बती सुरक्षाबल स्पेसल फ्रन्टियर फोर्स (एसएफएफ) जस्तै गरी चारवटा बटालियन बनाउन खोजिएको छ । तिनलाई विशेष कारवाहीका लागि उपयोग गरिनेछ ।
एसएफएफ सन् १९६० को दशकमा मेजर जनरल सुजन सिंह उबानले गठन गरेका थिए । उनी अनियमित युद्धका विशेषज्ञ थिए । चीनसँगको द्वन्द्वको स्थितिमा तिब्बतमा विशेष कारवाही गर्नका लागि एसएफएफ बनाइएको थियो ।
पोहोर साल लद्दाखमा आमनेसामनेको स्थिति हुँदा एसएफएफका कमान्डोहरूले पांगोङ त्सो क्षेत्रमा कसैले नियन्त्रण गरेका स्थानमा टेक यान्ड होल्ड अपरेसन गरेका थिए । त्यसपछि चिनियाँहरू सैन्य फिर्तीका लागि राजी भएका थिए ।
तिब्बतीहरू रहेको एसएफएफले यसरी सजिलै हिमालयका उचाइमा पनि चढेको देखेपछि उनीहरू हान चिनियाँ सैनिकभन्दा राम्रो काम गर्न सक्ने विश्वास पीएलएका कमान्डरहरूले गरेका थिए ।
चिनियाँ जनमुक्ति सेनामा २० लाखभन्दा बढी सैनिक छन् तर तिनमा तीनदेखि चार हजार तिब्बती मात्र छन् ।
‘त्यसैले यो भर्ती महत्त्वपूर्ण छ,’ भारतको पूर्वी पृतना सैनिकका पूर्व प्रमुख लेफ्टिनेन्ट जनरल जेआर मुखर्जीले बताए ।
उनले आईएएनएसलाई बताएअनुसार, चिनियाँहरू तिब्बती र नेपाली गोर्खाहरूलाई भर्ती गराउन खोजिरहेका छन् ।
‘उनीहरूले गोर्खालीलाई भर्ती गराउन सकेका छैनन् किनकि गोर्खालीहरू भारतीय सेनासँग ऐतिहासिक र भावनात्मक रूपमा बाँधिएका छन् । त्यसैले उनीहरू तिब्बतीको खोजमा छन् किनकि एक औसत चिनियाँ सैनिकले उच्च हिमाली क्षेत्रमा हाम्रा जवानहरूसँग शारीरिक रूपमा प्रतिस्पर्धा गर्न सक्दैन,’ उनले भने ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...