×

NMB BANK
NIC ASIA

उपचार नपाएरै गयो ज्यान

बैशाख २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ढाडस दिएका थिए–उपचार नपाएर कोही पनि मर्नुपर्ने अवस्था आउन दिन्नँ। तर सम्बोधनको एक दिनपछि मंगलबार धनुषाको बटेश्वर गाउँपालिका–४ का ४५ वर्षीय लोकबहादुर परियारको उपचार नपाएरै मृत्यु भयो।

Muktinath Bank

चार दिनदेखि रूघाखोकी, जिउ दुख्ने र ज्वरोबाट पीडित उनले गाउँकै औषधि पसलबाट औषधि किनेर सेवन गरेका थिए। समस्या झन् बल्झिँदै गएपछि उनी सोमबार साँझ करिब ७ बजेतिर बटेश्वर बजारस्थित आरपी मेडिकल हल पुगे। एकजना सहयोगीसहित मेडिकल पुगेका परियारलाई मेडिकल सञ्चालकसमेत रहेका स्वास्थ्यकर्मी सुबोध साहले जनकपुर जान सल्लाह दिए। ‘ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरधाम जान भनें,’ साहले भने, ‘मैले उपचार गर्ने अवस्था थिएन, मेडिकलमा हामीले प्राथमिक उपचार गर्ने मात्र हो।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिरामीलाई प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याएका एम्बुलेन्सचालक रामबाबु महतोले भने, ‘अस्पतालले बेड अभाव भन्दै भर्ना गर्न मानेन। त्यसपछि उनलाई जानकी हेल्थ केयर अस्पताल पुर्‍याएँ। त्यहाँ पनि भर्ना भएन। बिरामीका सहयोगीले त्यहाँबाट फर्केर अर्को अस्पताल पुर्‍याइदिन भनेपछि रामजानकी हस्पिटल लगिदिएँ।’ त्यहाँ पनि भर्ना नलिइएपछि सहयोगीसहित बिरामीले घरै पुर्‍याइदिन भनेको चालक महतोले बताए।


Advertisment
Nabil box
Kumari

भर्नाका लागि दुवै निजी अस्पतालले परियारसँग धेरै रकम धरौटी राख्न भनेका थिए। जुन उनका लागि सम्भव थिएन। करिब डेढ घण्टासम्म प्रदेश मुकाम जनकपुरधामका विभिन्न अस्पताल चहार्दा पनि उपचार सम्भव नभएपछि घर फर्केको भोलिपल्ट मंगलबार बिहान उनले प्राण त्यागे। एम्बुलेन्स चालक महतोका अनुसार सोमबार राति परियारको अक्सिजन स्याचुरेसन ४५ र तापक्रम ९९ रेकर्ड गरिएको थियो। मेडिकल हलबाट एम्बुलेन्समा बसेका परियारले श्वास फेर्न गाह्रो भयो भन्दै अक्सिजन लगाइदिन भनेको चालक महतोले बताए। ‘फूल फ्लो’ अक्सिजन दिएर परियारलाई प्रादेशिक अस्पताल पुर्‍याएको चालक महतोले बताए।

Vianet communication
Laxmi Bank

‘प्रादेशिक अस्पतालमा धेरैबेर हारगुहार गर्दा पनि भर्ना लिइएन। अन्य निजी अस्पतालले पनि भर्ना नलिएपछि बिरामीलाई पुनः फर्काएर बटेश्वरको मेडिकल हलमा ल्याइदिएँ’, चालक महतोले भने। उनका अनुसार रामजानकी अस्पतालमा चिकित्सकले परियारको शरीरमा अक्सिजन मात्रा जाँच गर्दा ४५ मात्र रहेको बताएका थिए।

सास फेर्न नसकेर छटपटाउँदै रात काटेका परियार मंगलबार बिहानै एकजना सहयोगी साथ फेरि आरपी मेडिकलमा पुगे। मेडिकलका स्वास्थ्यकर्मी साह उनलाई हेर्नेबित्तिकै आतिए। उनले तुरुन्तै जनकपुर लगिहाल्न सल्लाह दिए। पैदलै मेडिकल पुगेका परियार पुगेका फर्किन लाग्दा सिँढीमा ढले। ढलेका उनी उठ्न सकेनन्। त्यहीं उनले प्राण त्यागे। नागरिक दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x