आईपीएल स्थगित भएपछि विदेशी खेलाडीहरू अलपत्र

इन्डियन प्रिमियर लीगको १४औं सीजन अनिश्चित कालका लागि स्थगित गरिएपछि विदेशी खेलाडीहरू घर जना नपाएर अलपत्र परेका छन् । 

कोरोना महामारीका कारण आईपीएल स्थगित भएको हो । आईपीएलको बायोबबलमा समेत कोरोना पसेपछि यो निर्णय लिइएको हो । 


Advertisement

अब आठवटा क्लबमा खेल्ने विदेशी खेलाडीहरूलाई कसरी सुरक्षित घर पठाउने भन्ने चिन्ता बीसीसीआईलाई परेको छ । 

अस्ट्रेलियाले भारतबाट आउन खोज्ने कसैलाई पनि अनुमति नदिइएको र आउन खोजेमा जेलमा कोच्ने बताएको छ । 

बेलायतमा आफ्ना नागरिकलाई मात्र अनुमति छ तर १० दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने हुन्छ । क्वारेन्टीनमा बसेको बेलामा दुईपटक स्वास्थ्य परीक्षण गरिनेछ । 
 

न्युजील्यान्डले १४ दिन क्वारेन्टीनमा बसेपछि मात्र प्रवेश गर्न दिने बताएको छ । 

अन्य देशले पनि सशर्त मात्र खेलाडीहरूलाई देशमा प्रवेश दिने बताएका छन् । 
 

बीसीसीआईले विभिन्न देशहरूसँग समन्वय गरेर खेलाडी, प्रशिक्षक र सपोर्ट स्टाफलाई सुरक्षित घर जाने प्रबन्ध मिलाइने बताएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्