×

NMB BANK
NIC ASIA

राजनीतिमा मूल्यहीनताले सीमा नाघ्न थालेपछि अनेक परिदृष्यहरू सतहमा आउन थाल्दा रहेछन् । यसैको समष्टिगत रूप नै समकालीन राजनीतिको चित्र र परिचय बन्दो रहेछ । वर्तमान नेपालको राजनीति न्युनतम राजनीतिक र नैतिक मूल्य मान्यताका बारबन्देज भत्काएर अराजक र स्वेच्छाचारी मार्गमा अग्रसर देखिन्छ । यसअघि यो स्तरको स्खलन देखिएको थिएन । अझ लोकतान्त्रिक प्रणाली त सर्वाधिक नैतिक प्रणाली हो ।

Muktinath Bank

यसका आफ्नै सीमाहरू हुन्छन्, जसको पूर्ण परिपालनाले आमनागरिकको यसप्रति आस्था बढ्दै जान्छ । त्यसमाथि यसलाई चलाउने राजनीतिक व्यक्ति अझ गुणवान र सक्षम हुनुपर्दछ । तर दुःखका साथ भन्नुपर्दछ, मानवीय अस्तित्व नै संकटमा परेको बेलामा राजनीतिले देखाएको दुष्ट र अनैतिक व्यवहारले जनमानसमा घोर निराशा देखिन र प्रकट हुन थालेको छ । यसका कारणहरू जगजाहेर छन् । जसका निम्ति धेरै घोत्लिनु या माथापच्ची गर्नु पर्दैन । यस आलेखमा मौजुदा राजनीतिका केही आयामहरूको चर्चा गरिनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत पुस ५ गते प्रतिनिधि सभाको असंवैधानिक विघटन पूर्वका राजनीतिक क्रियाकलापलाई विस्मृतिमा राखेर त्यसयताका गतिविधिहरूलाई मात्र विवेचना गर्दा पनि वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीजीद्वारा सम्पादित अनगिन्ती कार्यहरूले नेपालको राजनीतिलाई हुनसम्म बदनाम तुल्याएको र लोकतान्त्रिक राजनीतिका मानकहरूलाई भताभुङ्ग पारेको छ ।


Advertisment
Nabil box
Kumari

अनेक छलछाम, तिकडम र प्रपोगाण्डाहरूको सहारा लिएर भएपनि गत संसदीय निर्वाचनमा एमाले र माओवादी केन्द्रले पाँच वर्ष सरकार चलाउन पुग्ने सहज बहुमतप्राप्त गरेका थिए ।

Vianet communication
Laxmi Bank

यो परिणाम आम लोकतन्त्रवादीहरूका लागि जतिसुकै अप्रिय र असहज भएपनि परिवर्तित राजनीतिक प्रणालीलाई सुनिश्चित एवं संस्थागत गरी गरेर देश विकासलाई द्रुत गतिदिने ऐतिहासिक आधार, कटु यथार्थ र प्रस्थानविन्दु थियो । निर्वाचन जित्ने राजनीतिक दलको राजनीतिक आस्था साम्यवादी भएपनि लोकतान्त्रिक विधिबाट चुनिएको र निर्वाचनको निष्पक्षतामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रश्न नउठेकाले नेपाली नागरिकको थोरबहुत अपेक्षा पनि थियो ।

नेपालको ऐतिहासिक यात्रा प्रारम्भ भएको र अब देश विकासले गतिलेला कि भन्ने थोरै आश पनि थियो । साच्चै भन्ने हो भने यो पहिलो जननिर्वाचित गणतान्त्रिक सरकार थियो । यस्तो अभूतपूर्व अवसर ओलीजीलाई प्राप्त थियो, जुन हम्मेसी जस कसैले प्राप्त गर्दैन । अर्को कम्युनिस्ट नेता ओलीका लागि निकै खुशीको यथार्थ के पनि थियो भने नेपालका मुख्य कम्युनिस्ट नेताहरूले उनको नेतृत्व स्वीकारेका थिए । यसबाट उनको राजनीतिक व्यक्तित्व चुलिएको थियो । र संसारको ध्यान नेपालमा केन्द्रित थियो ।

कुनै पनि क्षेत्रमा क्रियाशील व्यक्तिले समयको महत्त्व र आफ्नो दायित्वको ख्याल राख्न सकेन भने उसको पतन अनिवार्य छ । दुर्लभरूपमा प्राप्त हुने अवसरलाई सहीरूपमा सदुपयोग गर्न सकेन या जानेन भने त्यस्ता व्यक्तिलाई इतिहासले दण्डित गर्दछ । एक त ओलीजीका लागि प्रधानमन्त्री पद निकै गह्रौं भएछ, जसको भार उनले उठाउनै सकेनन् । नेपालमा कतिपय शासकीय योग्यताविहीन व्यक्तिहरू समेत घटनाक्रमले प्रधानमन्त्री बन्न पुगेका अनेकौं दृष्टान्त छन् । यसैको पछिल्लो कडीको रूपमा ओलीको नाम दर्ज भएको रहेछ ।

त्यसैले पनि उनको पहिलो छोटो कार्यकालभन्दा दोस्रो लामो कार्यकाल एकदमै खराब र असफलतातर्फ उन्मुख हुन पुग्यो । उनले एकपछि अर्को गर्दै सरकारको नेतृत्व गर्ने नैतिक र राजनीतिक धरातल गुमाउँदै गए ।

आफैंले विघटन गरेको प्रतिनिधि सभा ब्युँतिएपछि कुन नैतिकता बाँकी थियो र प्रधानमन्त्री भइरहन ? उनले तत्कालै राजीनामा दिएर आफ्नो राजनीति बचाउन सक्थे र फेरि राजनीतिमा पुनरागमन हुन सक्ने नैतिक धरातल बनाउन सक्थे । तर त्यो अक्कल या विवेक देखाएनन् । यसबाट बुझिन्छ उनमा राजनीतिक सुझबुझ र ज्ञानको नितान्त अभाव रहेछ ।

प्रधानमन्त्री पदबाट राजीनामा नदिएका ओलीले पुनःस्थापित प्रतिनिधि सभाको बैठकमा आफ्नो दलमा देखिएको राजनीतिक विवाद र विभाजनलाई दृष्टिगत गरी तत्काल विश्वासको मत लिन सक्थे । तर उनले त्यसो पनि गरेनन् । सर्वोच्च अदालतको फैसलाले नेकपालाई पुरानै स्थानमा फर्काईदिएपछि त उनको प्रधानमन्त्री भइरहने संवैधानिक र कानूनी आधार समेत बदलियो ।

शुरूमा संविधानको धारा७६(२) अनुसार प्रधानमन्त्री भएर पार्टी एकीकरणपश्चात् धारा७६(१) अनुसारको प्रधानमन्त्रीमा उक्लिएका उनी पुनः धारा७६(२) मा ओर्लिन पुगे । तर अब उनीसँग त्यतिबेला जस्तो न त माओवादी केन्द्र थियो न त माधव–झलनाथ नै थिए । राजनीतिक रूपमा सबै गुमाएका उनले समर्थनको रकमी र कागजी त्यान्द्रो मात्र समाएका थिए । देशको नैतिक प्रधानमन्त्री भइरहन यस्ता फर्जी र रकमी आधार पर्याप्त हुँदैनन् ।

यतिबेला पनि ओलीजीसँग राजीनामा दिएर भविष्यको राजनीति बचाउने अवसर थियो तर यस कुरामा ओलीको कुनै चासो थिएन । आफूसँग आफ्नो दल नेकपा छैन, पुरानो दल एमालेको एकतिहाइ समर्थन घटेको छ, विपक्षी दलले राजीनामा मागेको छ र संसदमा जाने आँट छैन । अनि केका लागि प्रधानमन्त्री ? तर आफ्ना अघिल्तिरका सबै तथ्यहरूलाई नजरअन्दाज गरी प्रधानमन्त्रीको कुर्सीमा टाँसिइरहने ओलीको नियत देखियो ।

देशमा कोभिड महामारी छ । दिनहुँ मृतकको संख्या बढिरहेको छ । जनतामा रुवाबासी र हाहाकार छ । अस्पतालमा बेड छैन । भ्याक्सिनको पर्याप्त व्यवस्था छैन । राज्यकोषको अवस्था नाजुक छ । विदेशी सहयोग नगण्य छ । प्रधानमन्त्रीको हैसियतले जनतालाई आश्वस्त पार्ने आत्मविश्वासपूर्ण कार्ययोजना छैन । आफ्नो सरकारका मन्त्रीहरूको अभिव्यक्ति गैरजिम्मेवार छ ।

जनता पहिलो चरणमा औषधी र दोस्रो चरणमा खान नपाएर मर्नेवाला छन् । विपत्ति र संकटको बेलामा राष्ट्रिय एकताको अभाव छ र यसको एकमात्र कारण आफ्नै सरकार छ । सबै जनता, विपक्षी दल सरकारलाई सहयोग गर्न तम्तयार छ तर सरकार सहयोग लिन सक्तैन । समाजमा चारैतिर निराशा व्याप्त छ । तथापि पनि आफ्नो अयोग्यता र असफलताको भनक छैन । कुनै पनि समाजमा जब नेतृत्वबाट आश हराउँदै जान्छ, तब अशान्ति, विग्रह र कलहले आफ्नो साम्राज्य फैलाउन थाल्छ । आज नेपाल त्यस दिशामा अग्रसर छ, र यसको एकमात्र कारण वर्तमान सरकार हो ।

कहिले काहीँ मान्छेमा आफ्ना बारेमा ठूलो भ्रम उत्पन्न हुन पुग्छ । अझ राजनीतिज्ञहरूमा यस्तो ज्यादा पाइन्छ । 'एको अहं द्वितियो नास्ती, नभुतो न भविष्यति' अर्थात् एउटा म हुँ, अर्को छैन, न हिजो थियो न भोलि हुनेछ । त्यस्तै 'एकलज्जा परित्यज्जे, सर्वत्र विजयी भवेत' अर्थात् एउटा लाज भन्ने कुरा निकालेर फाल्दिने हो भने सबै क्षेत्रमा विजयी बन्न सकिन्छ । कहिलेकाहीँ नेपालका प्रधानमन्त्रीमा उपरोक्त दुवै भनाइ चरितार्थ भएझैं लाग्छ ।

उनी डरलाग्दो मनोरोगबाट ग्रस्त देखिन थालेका छन् । यसको ज्वलन्त दृष्टान्त प्रदेश प्रमुखहरूको बर्खास्ती हो । कुनै कारण बेगर करारमा राखेको कर्मचारी समेत हटाउन पाइँदैन । तर उनले आफ्नो अनुकूल नहुने अनुमानका आधारमा प्रदेश प्रमुख हटाउन थालेका छन् । राणाकालमा श्री ३ महाराजले सरकारी कारिन्दा हटाएजस्तो प्रदेश प्रमुख हटाउनु सामान्य घटना होइन ।

यसैबाट प्रधानमन्त्रीको मनोविज्ञान प्रस्ट हुन्छ । उनीमा आफू नेपालमा एउटा निश्चित विधिबाट निर्देशित राजनीतिक प्रणालीको माध्यमबाट चुनिएको व्यक्ति हुँ भन्ने कुराको हेक्का छैन । नेपाल राष्ट्रलाई आफ्नो मनोगत चाहना, लहड वा तजविजमा चलाउने प्रधानमन्त्रीको व्यवहार लोकतन्त्रसम्मत छैन । यस्तो चरित्र लोकतान्त्रीकरणको विकास प्रक्रियाका डरलाग्दा बाधा हुन् ।

पुनःस्थापनापछि अदालतको आदेशबमोजिम बसाइएको प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री ओलीले गर्नुसम्म दुर्व्यवहार गरे । कुनै बैठकलाई बिजनेस दिएनन् र एकपटक पनि बैठकमा गएनन् । त्यति मात्र होइन, सदन बाहिरका दर्जनौं कार्यक्रममार्फत प्रतिनिधि सभालाई लाञ्छित गरे । प्रधानमन्त्रीको यस व्यवहारको कतैबाट पनि गम्भीर आलोचना भएन ।

यतिबेला उनी संसद्लाई गन्दैनन् र मान्दैनन् पनि । तर त्यही संसद्ले बनाएको प्रधानमन्त्री भने बनिरहन चाहन्छन् । यसका लागि शायद एउटा छलकारी बाटो पहिल्याएका छन्, र विश्वासको मत लिने नयाँ नौटंकी मञ्चन गर्दैछन् । यसैको प्रयोजनका निम्ति आगामी वैशाख २७ गते प्रतिनिधि सभाको बैठक आह्वान भएको छ । उनले यसो नभनेको भए आगामी बैठकमा अविश्वासको प्रस्ताव आउन सक्थ्यो र उनलाई हटाउन सक्थ्यो ।

उनी अहिले हट्न चाहँदैनन् र अब ल्याउने बजेटमा लोकप्रिय कार्यक्रम ल्याएर चुनाव प्रभावित पार्न चाहन्छन् । आफ्नो दलका सबै सांसदहरूलाई कारवाहीको तरबार देखाएर विश्वासको मत लिने र जनता समाजवादी पार्टीको मत समेत थपेर प्रधानमन्त्री पद जोगाउने उनको रणनीति देखिन्छ । कथंकदाचित विश्वासको मत नपाए वैकल्पिक सरकार बन्न नदिने र धारा ७६(३) अनुसार ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्री बन्ने दाउ देखिन्छ । उनले प्रदेश सरकारमाथि आएका संकट टार्न गर्दै आएको खेल यसैको पूर्वाभ्यास हो । कतै प्रदेश प्रमुख बदलेर र कतै राजीनामाको नाटक मञ्चन गरेर उनले लोकतन्त्रको हुर्मत लिएका छन् ।

के वर्तमान प्रधानमन्त्रीलाई रोक्न सक्ने तागत क्रियाशील राजनीतिक दल र मौजुदा प्रतिनिधि सभासँग छैन त ? यदि छ भने, राजनीतिक दलहरूको अग्रसरता खै ? एक त दलहरूले अहिलेसम्म ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर उनलाई पदच्युत गरिसक्नुपर्थ्यो । यो काम आजसम्म हुन सकेन सकेन । यदि विश्वासको मत लिने ओलीको रणनीतिसमेत विफल हुन सकेन भने नेपालको राजनीतिले भीरको बाटो समात्ने छ ।

यसलाई रोक्न चुनावअघि निकै हम्मे पर्नेछ । दक्षिण एसियाको गरीब देश नेपालमा राजनीतिक स्वेच्छाचारिता, असंवैधानिक अभ्यास र विधिविहीनताको संस्थागत विकास हुनेछ । प्रकारान्तरले यसलाई निरंकुशताको नयाँ संस्करणको रूपमा बुझ्नु पर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x