×

NMB BANK
NIC ASIA

सह्रानीय काम

अक्सिजनसहितको कोरोना अस्पताल बनाउँदै स्थानीय सरकार, आईसीयू र भेन्टिलेटर पनि उपलब्ध

बैशाख २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय सरकारले मुलुकको स्वास्थ्य क्षमताले कोरोनाभाइरस धान्न नसक्ने बताएपछि स्थानीय तह अस्पताल बनाउन जुटेका छन् । कोभिड संक्रमितको उपचारका लागि पनि स्थानीय सरकारले अपनत्व लिन थालेका हुन् । 

Muktinath Bank

कोरोना ‘भयावह’ हुनसक्ने जोखिमलाई ध्यान दिँदै स्थानीय सरकारले अस्पताल बनाएर सञ्चालनमा ल्याएका छन् । स्थानीय तहका पदाधिकारी महामारी व्यवस्थापनका लागि भौतिक सुविधा र जनशक्ति जुटाउने सह्रानीय काममा लागेका छन् । संक्रमितले अस्पताल भरिँदा उपचार नपाएर बिरामीको ज्यान गइरहेको छ । पालिकाले अक्सिजन सहितका अस्पतालमा जोड दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले ४० बेडसहित कोरोना अस्पताल तयार गरी सञ्चालनमा ल्याएको छ ।


Advertisment
Nabil box
Kumari

२०/२० शय्या क्षमताका दुई भवनमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पताल शंकरनगरमा सञ्चालनमा ल्याएको हो ।

Vianet communication
Laxmi Bank

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आईसीयू र भेन्टिलेटर चाहिनेबाहेक अन्य सबै उपचार अस्पतालमा हुने बताए ।

उनले भने, ‘अस्पतालमा एमबीबीएस डक्टर, स्टाफ नर्स हुनेछन् । महामारीमा जनतालाई जोगाउन सकिने जतिको उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्न गराउन नगरपालिका कटिबद्ध छ ।’

बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा तिलोत्तमा नगरपालिकाले गत वर्ष पनि आइसोलेसन सेन्टर निर्माण गरेको थियो । 

कोरोना महामारीको दोस्रो लहरको ‘हटस्पट’ बनेको बाँकेको नेपालगञ्जमा नेपालगञ्ज उपमहानगरपालिकाले विशेषज्ञ चिकित्सक तथा अक्सिजन सहितको अस्पताल सञ्चालनमा ल्याएको छ । संक्रमित उपचारका लागि उपमहानगरपालिकाको नगरको तालिम केन्द्रलाई कोभिड अस्पतालमा रूपान्तरण गरेको हो । अहिले अक्सिजनसहित १०० बेडको आइसोलेसन सञ्चालनमा आएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा मगरले जानकारी दिइन् । 

अस्पतालमा अक्सिजन आवश्यक पर्ने बिरामीको उपचार समेत शुरू भइसकेको छ  । १०० शय्याको अस्पतालमध्ये ५० बेडमा अक्सिजन सहितको छ ।

बाँकी ५० बेडमा पनि अक्सिजन राख्ने प्रक्रिया नगरपालिकाले अगाडि बढाएको छ । आइसोलेसन अस्पतालमा ‘शिफ्ट’अनुसार स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ,’ मगरले भनिन् ।

आइसोलेसन बनाउन उपमहानगरपालिकाले २० लाख खर्च गरेको छ । संक्रमितलाई आइसोलेसन सेन्टरसम्म ल्याउन उपमहानगरले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यससँगै निःशुल्क खाना र खाजाको व्यवस्था गरिएको छ । 

त्यस्तै कोभिड–१९ का लक्षणसहितका संक्रमित बढ्दै गएपछि रूपन्देहीकै अर्को सैनामैना नगरपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।​ पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयलाई अस्पताल बनाएको हो । 

अस्पतालमा ६० बेड छन् । १० बेडमा अक्सिजन र ३ वटामा मोनिटरसमेत जडान गरिएको छ । भेन्टिलेटर र आईसीयू चाहिने बाहेकका नगरपालिकाभित्रका सबैखाले संक्रमितलाई अस्पतालमा राख्न सकिने नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।

नगरप्रमुख कार्कीका अनुसार ४५ वटा सामान्य आइसोलेसनका लागि छुट्याएको छ । त्यस बाहेकका विशेष बेड हुन् । 

‘अब उपचार अभावमा कोरोना संक्रमित नगरबासी छट्पटिनुपर्ने छैन,’ उनले भने, ‘जसले समुदायमा संक्रमण फैलिन नदिन र मृत्युदर घटाउन सहयोग गर्ने छ ।’ 

अस्पताल सञ्चालनका लागि संघीय सरकारले १० लाख रुपैयाँ उपलब्ध गराएको छ । 

पाल्पाको तिनाउ गाउँपालिकामा २० शय्याको तिनाउ कोराना अस्पताल तयार पारेको छ । गाउँपालिका, खानी उद्योगी र टिप्पर व्यवसायीको २९ लाख आर्थिक सहयोगमा निर्माण गरिएको अस्पतालमा ५ वटा कोठा रहेका छन् ।
जहाँ अक्सिजनयुक्त अक्सिजन र चिकित्सकीय सेवा हुनेछ । 

अस्पताल तयारी अवस्थामा रहेका गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए । ‘पछिल्लो समयमा अस्पतालमासमेत अक्सिजनसहितको आइसोलेसन शय्या पाउन समस्या भएपछि गाउँपालिकाले नै अस्पताल निर्माण गरेको हो । अस्पतालमा चिकित्सक सहित स्टाफ नर्स हुनेछन् ।’ 

त्यस्तै गुल्मीको दरबार गाउँपालिका, दाङको घोराही उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिकालगायत लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहले पनि अक्सिजन सहितको कोभिड आइसोलेसन अस्पताल बनाएर सञ्चालनमा ल्याएका छन् । 

कोरोनाको पहिलो लहरमै ‘हटस्पट’ बनेको लुम्बिनी प्रदेश दोस्रो लहरसम्म आइपुग्दा पनि संघीय र प्रदेश सरकारले पूर्वाधार थप्न चासो दिएका छैनन् । प्रदेश सरकारले पूर्वाधारमा लगानी गर्ने निर्णय गरे तर कार्यान्वयन भएको देखिँदैन । 

थपिए ३६ बेडसहितको एचडीयू 

बुटवल–१० रामनगरस्थित बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा ३६ शय्या हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा आएका छन् । अक्सिजन दिनुपर्ने बिरामीको संख्या बढेपछि अस्पतालले सामान्य आइसोलेसनलाई एचडीयूमा परिणत गरेको हो ।

लुम्बिनी प्रदेशिक अस्पताल, बुटवलका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र खनालले सामान्य आइसोलेसन बेडमा अक्सिजन जडान गरी एचडीयू सेवा शुरू गरिएको जानकारी दिए ।  

एचडीयू शय्या थप गर्नका लागि लुम्बिनी प्रदेश सरकारले ५० लाख दिने निर्णय गरेको छ । तत्काल कोरोना पोजिटिभ भए पनि अस्पतालको आकस्मिक कक्ष र फिभर क्लिनिकमा बसेर उपचार गराएका बिरामीलाई धागो कारखानास्थित एचडीयूमा स्थानान्तरण गरिने छ । यस अगाडि धागो कारखानामा कोभिड अस्पतालमा १६ बेड आइसियू, ४ भेन्टिलेटर, ३ एचडीयू र ३६ बेड सामान्य आइसोलेसन बेड थिए । 

भैरहवाको भीममा कोभिडको मात्रै उपचार  

रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा २२ बेडको एचडीयू र ५ बेडको आईसीयू कक्षबाट संक्रमितको उपचार भइरहेको छ । अब अस्पतालमा कोभिडको मात्रै उपचार गर्दा ५० बेडको एचडीयू हुने छ । अस्पतालमा अन्य बिरामीका लागि इमरजेन्सी युनिट मात्रै राख्ने र ती बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पतालले रेखदेख गर्नेछ । 

कोभिड कोषमा दश करोड थप्ने

लुम्बिनी प्रदेश सरकारले कोभिड कोषमा दश करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । पुनःनियुक्ति भएसँगै मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वलको लुम्बिनी प्रदेश सरकारले कोरोना कोषमा १० करोड रुपैयाँ थप गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । 

आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीका अनुसार प्रदेशमा ५८३ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

जसअन्तर्गत भीम अस्पताल भैरहवाका लागि ७१, कोरोना विशेष अस्पताल बुटवलका लागि १८९, बेलझुण्डी कोरोना अस्पताल दाङका लागि १७१ र भेरी अस्पताल बाँकेका लागि १५२ जनाको दरबन्दी स्वीकृत गरेको चौधरीले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x