नेप्सेमा दोहोरो अंकको गिरावट, ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट

कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको समयमा समेत धितोपत्र बजारमा शेयर कारोबार भने निरन्तर जारी छ ।

बिहीवार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।


Advertisement

शेयर कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक १२.४७ विन्दुले ओरालो लागेर २ हजार ६३७.१३ मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७७ ले ओरालो लागेर ४७३.०४ मा ओर्लेको छ ।
 
कूल २१६ कम्पनीको १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता शेयर ६ अर्ब ८१ करोड ९१ हजार ४५३ बराबरको खरिद बिक्री भयो । बिहीवारको कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब ५८ अर्ब ७६ करोड ४३ लाख ३० हजार रुपैयाँ बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीवार ३ उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ७.११, वित्त ३.८५ र लगानी ०.१५ ले उकालो लागेको छ ।

व्यापार ६२.९९, होटल तथा पर्यटन ४४.४, विकास बैंक १३.८५, जलविद्युत् ४९.३९, निर्जीवन बीमा १३०.३१, उत्पादन ३७.८२, अन्य २३.७२, लघुवित्त ६३.८५, जीवन बीमा २३९.३३ र सामूहिक लगानी कोष ०.०८ विन्दुले ओरालो लागेको छ ।
 
कारोबारका आधारमा बिहीवार एचआईडीसीएल शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४६ करोड ७४ लाख ३४ हजार ९२९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । 

एनसीसी बैंक ४२ करोड ९४ लाख ५९ हजार ७०३, लक्षमी बैंक २६ करोड ४५ लाख २१ हजार ४५८, अपि पावर कम्पनी १५ करोड ६७ लाख २८ हजार ३११, नेपाल पूर्वाधार बैंक १५ करोड ७ लाख ५६ हजार १५३, प्रभू इन्स्योरेन्स १४ करोड ९५ लाख ९ हजार ३४०, गरिमा विकास बैंक १३ करोड ८१ लाख ४६ हजार १०३, नेसनल लाइफ इन्स्योरेन्स १३ करोड ३३ लाख २ हजार ५९०, नेपाल पुनरबीमा कम्पनी १३ करोड २ लाख ८६ हजार ७८९ र नेपाल बैंक ११ करोड ८४ लाख २८ हजार ६२२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

कारोबारका आधारमा जनउत्थान सामुदायक लघुवित्त, खानीखोला हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । ती कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । महिला लघुवित्तका लगानीकर्ताले समेत ९.९९ प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लागेको छ । समता घरेलु लघुवित्त ९.९२, रुरु हाइड्रोपावर ९.९१, यूनियन हाइड्रोपावर ९.५२, जोशी हाइड्रोपावर ९.४९, लक्षमी बैंक ९.४९, दिव्यश्वरी हाइड्रोपावर ८.५० र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ७.८६ प्रतिशतले कमाए ।
 
नेप्सेका अनुसार विशाल बजार कम्पनीको शेयर १० प्रतिशतले घट्दा नकारात्मक सर्किट लागेको छ । सिंगटी हाइड्रोपावर ९.०७, ङादी समूह ८.५७, सिनर्जी पावर ४.६४, कालिका पावर कम्पनी ४.२४, शिव श्री हाइड्रोपावर ४.०२, माउन्टेन हाइड्रो ३.७०, आशा लघुवित्त ३.६०, यूनिभर्सल पावर ३.४० र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्