×

NMB BANK
NIC ASIA

अस्पतालमा अचाक्ली शुल्क : सरकार कारवाही गर्छु गर्छु भन्छ तर गर्दैन

बैशाख २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

देश कोरोना महामारीको उत्कर्षमा छ । सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेर समेत सुताइएका छन् ।

Muktinath Bank

अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ धन्दामा उपयोग गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ह्याम्स अस्पतालले बिरामीका लागि बनाएको शुल्कको सूची सहितको ‘मञ्जुरीनामा’को सर्वत्र टीकाटिप्पणी भइरहेको छ । कोभिडका बिरामीका लागि एकैदिनको एउटा क्याबिनको ५० हजार रुपैयाँ अस्पतालले तोकेको छ । 


Advertisment
Nabil box
Kumari

सरकारले कोभिडका बिरामीको उपचार गरेबापत सरकारी अस्पताललाई शुल्क तिर्छ । निजी अस्पतालको खर्च बढी हुने भएकाले सरकारद्वारा निर्धारित शुल्कमा ५० प्रतिशत थपेर लिन सकिने छुट दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

अस्पतालमा कोभिड–१९ केयर सञ्चालन सम्झौतामा संक्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च सामान्य उपचारका लागि ३ हजार ५००, मध्यम उपचारका लागि ७ हजार र गम्भीर उपचार (भेन्टिलेटर) का लागि १५ हजार प्रतिबिरामी प्रतिदिन तय गरिएको छ ।

डा. गौतमका अनुसार त्यो रकम सरकारले प्रत्येक महिना अस्पतालको दाबी बमोजिम शोधभर्ना भुक्तानी गर्छ । 

ह्याम्सले साधारण वार्डकै ७ हजार तोकेको छ । उसले आईसीयू बेडको शुल्क २२ हजार राखेको छ । सरकारले आईसीयू सहितको बेडको शुल्क ७ हजार मात्रै लिनु भनेको छ । आइसोलेसन प्राइभेट रूमको २१ हजार, डिलक्सको २६ हजार र स्विटको ५० हजार रुपैयाँ शुल्क राखिएको छ । 

त्यति मात्र होइन, डाक्टरको शुल्क प्रतिभिजिट १ हजार ५०० रुपैयाँ राखिएको छ । नर्सिङ शुल्क त्यसमा अतिरिक्त लाग्ने भनिएको छ । तर कति खुलाइएको छ । यति महंगो शुल्कमा ‘स्विट’मा बस्ने बिरामीले खानाको शुल्क छुट्टै तिर्नुपर्ने छ । 

गैरकानूनी रूपमा यसरी शुल्क उठाउन अस्पतालले एउटा मञ्जुरीनामामा हस्ताक्षर गराउने गरेको छ । त्यसमा लेखिएको छ, ‘यस अस्पतालमा उपचारको क्रममा लाग्ने खर्चकाबारे पनि पूर्णरूपमा जानकारी गराइएको छ । सरकारी अस्पतालमा उपचार निःशुल्क हुने अस्पताल प्रशासनले जानकारी गराए तापनि म/मेरो बिरामीलाई आफ्नो इच्छाले यस अस्पतालमा उपचार गराउन चाहन्छु । यस अस्पतालमा उपचारको क्रममा लाग्ने सम्पूर्ण खर्च स्वयं व्यहोर्ने छु तथा यसबारे उजुरबाजुर गर्ने छैन ।’ 

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले  प्रतिदिन क्याबिन सहितको सिंगल बेडलाई २० हजार, क्याबिन सहितको डबल बेडलाई १० हजार, क्याबिन सहितको डिलक्सलाई २५ हजार र क्याबिनसहितको सुपर डिलक्सलाई प्रतिदिन ३० हजार शुल्क निर्धारण गरेको छ । यसमा औषधी, विभिन्न प्रकारको जाँच, खाद्य तथा पेयजन्य पदार्थको खर्च भने जोडिएको छैन ।

अन्य केही निजी अस्पतालले पनि तोकिएभन्दा बढी शुल्क लिइरहेको पाइएको छ । तर यी दुईले जस्तो सूचना निकालेरै सार्वजनिक गरेका छैनन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हेम्स र केएमसीलाई स्पष्टीकरण सोधेको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मौखिक र लिखित रूपमै स्पष्टीकरण सोधिएको बताए ।

‘बोलाएर मौखिक पनि सोधेका छौं । लिखित रूपमा पनि सोधेका छौं,’ प्रजिअ पराजुलीले भने, ‘लिखित उत्तर आएको छैन । आएपछि स्वास्थ्य मन्त्रालयसँग बसेर सम्झौताअनुसार काम भएको छ/छैन यकिन गरी कानूनबमोजिम  कारबाही अघि बढाइने छ ।’ 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएमा तत्काल कारबाही गर्ने चेतावनी दिए । उनले तोकभन्दा बढी शुल्क लिने नपाउने स्पष्ट पारे ।

‘प्रमाण लिएर आउनुहोस् । हामीसँग मेकानिज्म छ । तत्काल थुनिदिन्छौं,’ उनले भने, ‘तर यहाँ बोल्ने, लेख्ने मात्रै भो । प्रमाण लिएर आउन भने सबै डराउने ? पत्रकारले पनि लेख्ने मात्रै, बिरामीले प्रमाण लिएर आउनुभन्दा लुरुलुरु तिर्ने ?’ उनले महामारीमा बढी शुल्क लिनेविरुद्ध बोली होइन, मन्त्रालय ‘एक्सन’मै जाने स्पष्ट पारे । 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताए । ‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसारै उपचार हुनुपर्छ । त्यसभन्दा फरक भएको भन्ने सूचना पाएका छौं । काठमाडौंका बिभिन्न अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासनले चेतावनी दिइसकेको छ । यदि त्यस्तो भेटिए कारबाही हुन्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने ।  

ह्याम्स अस्पतालले भने विज्ञप्ति जारी गरी क्याबिनको हकमा स्वास्थ्य मन्त्रालयको स्वीकृतिबमोजिम थप रकम लिन पाउने व्यवस्थाअनुरुप वैज्ञानिक हिसाबले दर तोकेको दाबी गरेको छ । जब कि सरकारले बढीमा १५ हजार रुपैयाँ तोकेको छ । त्यसको ५० प्रतिशत अर्थात् साढे ७ हजार थपेर साढे २२ हजार रुपैयाँसम्म लिन पाइन्छ । तर भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई मात्र । 

निजी अस्पताल तथा नर्सिङ होम संघका वरिष्ठ उपाध्यक्ष कुमार थापाले मेडिकल कलेजले बढी शुल्क लिनु नाजायज भए पनि निजी अस्पतालको हकमा खर्च धान्न सक्ने जति मात्रै लिइरहेको उल्लेख गरे । ‘खर्च चल्नेभन्दा बढी शुल्क लिएजस्तो मलाई लाग्दैन,’ उनले भने, ‘तर पनि यो महामारीमा सकेसम्म बिरामीलाई अप्ठ्यारो पर्ने गरी शुल्क नलिइदिनु होला ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x