राष्ट्रिय सभा सदस्यमा एमालेका तर्फबाट गृहमन्त्री थापाले दर्ता गराए उम्मेदवारी

राष्ट्रिय सभाको रिक्त सदस्य पदमा नेकपा एमालेका तर्फबाट रामबहादुर थापा बादलले उम्मेदवारी दर्ता गरेका छन् ।

जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि एमाले बाग्मती प्रदेश कमिटीका इञ्चार्ज समेत रहेका थापाले उम्मेदवारी दर्ता गराएका हुन् । 


Advertisement

उनको प्रस्तावकमा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल छन् ।

खुलातर्फ राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित थापा माओवादी त्यागेर एमालेमा लागेपछि उनको सांसद पद गुमेको थियो ।

थापालाई कारवाही गरेपछि रिक्त भएको स्थानमा उनैलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको थियो ।

राष्ट्रिय सभाको सदस्यबाट मुक्त गरिएका गृहमन्त्री थापाले पुनः मन्त्री पदको शपथ लिएका थिए । 

संघीय संसद्को सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने संविधानमा व्यवस्था छ । त्यसैले एमालेले थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

अर्कातर्फ नेकपा माओवादी केन्द्रको प्रस्ताव र कांग्रेसको समर्थनमा माधव नेपाल पक्षीय खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराइसकेका छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्