×

NMB BANK
NIC ASIA

कोरोना संकटमा मजदुर

मजदुरको पीडा – कोरोनाको डर मानेर के गर्नु ? भोक सहन सकिन्न [भिडियो रिपोर्ट]

बैशाख २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस (कोभिड– १९) संक्रमण बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यतिबेला अत्यावश्यकबाहेक सबै काम ठप्प छन् । मानिसहरू घरभित्रै बस्न बाध्य छन् । 

Muktinath Bank

निषेधाज्ञासँगै धेरैको रोजगारी गुमेको छ । रोजगारी गुमेसँगै दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरहरू थप समस्यामा परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तैमा हामीले सडकमा झोला बोकेर हस्याङ्फस्याङ गर्दै हिँडिरहेका एक मजदुरलाई देख्यौं र थोरै कुराकानी पनि गर्‍यौं ।


Advertisment
Nabil box
Kumari

निषेधाज्ञा जारी हुनअघि उनी गाडी चढेर काम गर्न जान्थे । निषेधाज्ञापछि हिँड्दै जाने–आउने गर्छन् । मजदुरी गर्नकै लागि उनलाई बिहान–साँझ चार घण्टा पैदल हिँड्नु पर्छ ।  

Vianet communication
Laxmi Bank

उनले ज्याला मजदुरी गर्न लागेको ७ वर्ष भयो । यसरी नै ४ जनाको परिवार पाल्दै आएका छन् । उनको काम लामो समयसम्म निरन्तर चलिरहेको थियो ।

जब कोरोना संक्रमण फैलियो, तब उनको काम रोकिन थाल्यो । उनलाई अहिले काम चलेन भने जीवन कसरी चलाउने भन्ने पीर छ । 

गत वर्ष लकडाउन हुँदा पनि उनी ३ महिना घरभित्रै बसे । ऋण खोजेर परिवारको खर्च चलाए । तर, अहिलेको निषेधाज्ञामा भने उनी काम चलेसम्म घर नबस्ने बताउँछन् ।

उनलाई सरकारले सहयोग गर्ला भन्ने अलिकति पनि लाग्दैन । सरकारप्रति कुनै विश्वास पनि छैन । लाखौं मजदुरका प्रतिनिधि पात्र हुन्, उनी ।

कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेपनि मजदुरलगायत विपन्न परिवारका लागि सरकारले कुनै योजना ल्याएको छैन ।

यसतर्फ पनि सरकारको ध्यान जान जरुरी छ । 

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x