सिरमको खोप केही समयमा आउँछ : स्वास्थ्य मन्त्रालय

कमिसन विवादको कारण भारतको सिरम इन्स्टिच्युटसँग ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने प्रक्रिया रोकिएको  समाचार सार्वजनिक भएसँगै सरकारले औपचारिक रूपमा यसको खण्डन गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै सार्वजनिक समाचारमा कुनै सत्यता नरहेको र खोप आउने क्रममा नै रहेको दावी गरेको हो । 


Advertisement

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्वारा जारी वक्तव्यमा सिरम इन्स्टिच्युटले चाँडै खोप आपूर्ति गर्ने जानकारी मन्त्रालयलाई दिएको दावी गरिएको छ ।

सिरमले दिनुपर्ने २० लाख डोज खोपमध्ये १० लाख प्राप्त भएको र बाँकी खोपको आपूर्ति वर्तमान विश्व परिस्थितीमा निर्भर हुने विज्ञप्तिमा जनाइएको छ ।

सिरम इन्स्टिच्युटले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकतामा रहेको तर, सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने वित्तिकै खोप आपूर्ति गर्ने जानकारी दिएको समेत विज्ञप्तीमा उल्लेख छ ।

थप ५० लाख डोज खोप खरिद गर्ने अवस्था तत्काल नरहेको समेत मन्त्रालयले स्पष्ट पारेको छ। 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्