राष्ट्रिय सभा निर्वाचनमा नेमकिपाको पनि सांकेतिक उम्मेदवारी

बागमती प्रदेशमा आगामी जेठ ६ गते हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएको छ ।

बागमती प्रदेशको निर्वाचन आयोग कार्यालय हेटौडामा नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङले मनोनयन दर्ता गराएका हुन् । 


Advertisement

प्रदेश सभा सांसद सांसद सुरेन्द्रराज गोसाईको प्रस्ताव र सिर्जना सैंजू समर्थक रहेर तामाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश सभामा नेमकिपाका ३ सांसद छन् । यस्तै भक्तपुर नगरपालिकामा मेयर र उपमेयर निर्वाचित छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । 

राष्ट्रिय सभामा रिक्त एक सिटका लागि एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेपाली कांग्रेस र माओवादीको साझा उम्मेदवारको रुपमा एमाले नेता माधव नेपाल पक्षीय डा खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्