एमाले जोगाउन अपिल गर्दै ११ जिल्ला अध्यक्षहरूले जारी गरे संयुक्त विज्ञप्ति

नेकपा (एमाले) पार्टी जोगाउनुपर्ने भन्दै गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्षले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेका छन् । 

उनीहरुले नेकपा एमाले पार्टी जीवन्त गतिशील पार्टी हो भन्दै पार्टीभित्र विगत वर्षहरूदेखि आन्तरिक अन्तरविरोध देखा परिरहेकोले यो अन्तर संघर्षले पार्टीलाई क्षति पु¥याई रहेको महसुस गरेको बताएका छन् । 


Advertisement

‘कम्युनिष्टको इतिहास, आदर्श, मूल्यमान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेतालाई एकताबद्ध भइ नेकपा एमाले पार्टीलाई जोगाउन अनुरोध गर्दछौं, विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्ति जारी गर्नेमा कास्कीका कृष्णबहादुर थापा, स्याङ्जाका सूर्यप्रसाद शर्मा (पारस), तनहुँका केदार सिग्देल, लमजुङका धनञ्जय दवाडी, गोरखाका प्रेमबहादुर गुरुङ, पर्वतका पदम गिरी, बागलुङका इन्द्रलाल सापकोटा, म्याग्दीका हरिकृष्ण श्रेष्ठ, मुस्ताङका चन्द्रमोहन गौचन, मनाङका पाल्देन छोपेन गुरुङ र नवलपुरका रोशन गाहा छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्