×

NMB BANK
NIC ASIA

एमाले-एमाले भिडन्त, माधव नेपाल निर्णायक

बैशाख २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा, एमालेकै डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । थापा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका र देवकोटा एमालेकै माधव नेपाल पक्षका हुन् ।

Muktinath Bank

गृहमन्त्रीसमेत रहेका थापा शुक्रबार मनोनयन दर्ता गर्न हेलिकोप्टरबाट प्रदेश राजधानी हेटौंडा आएका थिए । थापाको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देवकोटा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र एमालेको माधव नेपाल समूहको साझा उम्मेदवार हुन् । उनको प्रस्तावकमा माओवादीको वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा कांग्रेस वाग्मती प्रदेशकी प्रमुख सचेतक राधा घले रहेका छन् । कांग्रेस, माओवादी, एमाले नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदसहित हेटौंडा ५ स्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर देवकोटाले मनोनयन दर्ता गराएका थिए ।


Advertisment
Nabil box
Kumari

उपनिर्वाचनमा नेकपा एमालेको नेपाल समूह निर्णायक हुने देखिएको छ । ९ हजार ५ सय ६४ मतभारमध्ये ५ हजार ८२ मत भारसहित एकल बहुमतमा रहेको एमालेको नेपाल समूहले आफ्नै उम्मेदवार देवकोटाको पक्षमा मतदान गरे मन्त्री हुनका लागि सांसद हुनैपर्ने संवैधानिक व्यवस्थाका कारण दबाबमा रहेका थापालाई गाह्रो गर्ने देखिन्छ ।

Vianet communication
Laxmi Bank

एमालेका प्रदेश सांसदको २ हजार ६ सय ८८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको २ हजार ३ सय ९४ गरी कुल ५ हजार ८२ मत भार छ । त्यस्तै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनअन्तर्गत ५४ प्रदेश सांसदको मतभार २ हजार ५ सय ९२ तथा १ सय ५ स्थानीय तहका प्रमुख र उपप्रमुखको एक हजार ८ सय ९० गरी ४ हजार ४ सय ८२ मतभार छ ।

प्रदेशमा १ सय १० प्रदेश सांसद तथा १३ जिल्लाका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ मतदाता छन् । प्रदेश सांसदको ५ हजार २ सय ८० तथा स्थानीय तहका प्रमुख र उपप्रमुखको ४ हजार २ सय ८४ मतभार छ । प्रदेश सांसद एकजनाको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार मानिन्छ ।

प्रदेशसभामा एमालेका ५७ (ओली पक्षमा ३२ र नेपाल पक्षमा २२ जना), माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नेपाल मजदुर किसान पार्टीका २–२ र जसपाका एक सांसद छन् । स्थानीय तहका २ सय ३८ मतदातामध्ये एमालेका १ सय ३३, कांग्रेसका ६७, माओवादी केन्द्रका ३३, राप्रपाका २, नेमकिपाका २ र जसपाका एकजना छन् । नागरिक दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x