×

NMB BANK
NIC ASIA

कविता: कविको बयान

बैशाख २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कविता: कविको बयान

Sagarmatha Cement
Muktinath Bank

जतिबेला मेरो कल्पनाको महासागरमा
उठे शब्दका लाखौं ज्वारभाटाहरु 
हो त्यतिबेला मैले बदमासी गरेकै हो
अन्जानमा होइन जानीजानी हो
बिना छलकपट हो,लुकेर हैन खुलेआम हो  
सत्उद्देश्यले हो सहिसलामत हो
चोरेकै हो मैले लुटेकै  हो
मलाई माया गर्ने र सम्मान गर्ने
मेरा प्रिय पाठकहरूको 
हजारौं घन्टा समय चोरेको हो
मैले निद्रा, तीर्खा र भोक लुटेकै हो
मैले लुट्नै पर्थ्यो, चोर्नै पर्थ्यो 
नत्र म नरहन सक्ने कविको रुपमा जीवित 
मैले चोरी गरें आफू बाँच्न 
मैले लुटेकै हो डाका गरेकै हो
मेरो भावना दोषी छ 
र मेरो कला र कलम दोषी छ।
 
बर्षे झरीमा तप्प-तप्प चुहिने छानाको पानी 
कागजमा थापेर बनाएँ कविता 
जाडोले कठाङ्ग्रिएका हजारौ देहको
बाध्यता नियालेर गीत लेखें
बसन्तमा कोइलीको भाका चोरेर 
अर्को गीत बनाएँ 
मरुभूमि जस्ता मनहरू सुटुक्क बन्धकी लिएर 
प्रेम र भावनाको बिज रोपें,फुलाएँ र फलाएँ  
सेतो हिमालको सौम्यता चोरेर 
नानाभाँती शब्दहरुमा उतारें
र अनधिकृत कलाकारिता गरे
त्यसैले म कवि नभएर चोर भएँ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मैले आफै जन्माएका सयौं पात्रहरु मध्ये 
कतिलाई नायक त कतिलाई खलनायक बनाइदिएँ कतिको गरिदिएँ अल्पायुमै हत्या 
कतिको मर्ममा शब्दका हथौडाले 
निसन्देह प्रहार गरें 
कतिको सुन्दर  जवानी ध्वस्त पारिदिएँ 
कतिको गराइदिएँ बाल विवाह र अनमेल विवाह 
अलपत्र पारिदिएँ बीच जंगलमा कतिलाई
उडाइदिएँ बन्दुकको नालबाट
लडाइदिएँ भीरबाट र बनाइदिए सहिद  
कति तिनै पात्रहरु प्रति बनें उदास  
त्यसैले यही हो प्रमाण,
कति मसीको विषले त कति कलमको धारले 
धेरै पात्रहरु नामेट भए यसै गरि
त्यसैले त म भन्दैछु म हत्यारा हो, म अपराधी हो।


Advertisment
Nabil box
Kumari

लेकबेंसी गर्ने कति प्रेयसीहरूको मन चोरेर 
लेखें सयौं पाना लामो कहानी 
बाँझा सुक्खा गराहरु को दृश्य चोरेर 
पोखें अधैर्य किसानका गाथा 
डढेका बस्तीहरुका कहानी चोरेर
सजाएँ सृजनाका करेसाहरु 
छितीजको इन्द्रेणीको सातै रङ्ग चोरेर 
रंगाएँ आफ्नो हृदयको पहाड 
रंगीचंगी फूलहरूको  सौन्दर्य चोरेर 
रंगाएँ मैलो कागजका पानाहरु
हो मैले बिगारेकै हो दुनियालाई 
जो मेरो कविताको लागि हुरुक्क हुन्थे 
पर्खन्थे दिन गनेर हप्तौंसम्म, महिनौंसम्म 
तर के थाहा बिचरा हरु लाई !
कति सफेद कागजमाथि खेलें 
शब्दको अश्लील खेल 
म  जेसुकै चोरेर लुटेर मात्र 
पस्किन सक्छु उनीहरूको अगाडि 
म वास्तवमा कंगाल हुँ आफ्नो केही नभएको।

Vianet communication
Laxmi Bank

आफ्नो भावनाको उर्लिएको बाढीलाई
 मसीको तारले जाली बुन्छु  र
छेक्छु सयौं पाना  कागजको बाँध बाँधेर
हो,मैले दुनियाँका आँसु सापटी लिएँ
रमाएँ आफ्ना शव्दहरुको चमत्कार देखेर
तर त्यसले त झन् बनाएछ ठूलो आँसुको भेल
हरेकको दिमागमा मच्चाइदिएछ हलचल
र कतै ढलाइदिएछ आशाको धरहरा
लडाइदिएछ विश्वासको स्तम्भ
गराइदिएछ विछोड सयौं श्वप्निल मनहरुको।

हजारौं मुटुका व्यथाहरू चोरेर 
सजाएँ आफ्ना कृतिका सयौं पानाहरु
यसरी नै हरेकथोक चोरेर आफू
धनी हुन खोज्दैछु,महान् बन्न खोज्दैछु
हजारौं शुभचिन्तकहरुको आयु चोरेर 
सजाउँदै आफ्ना रचनाका सुन्दर कहानीहरु
आफू जीवन्त हुन खोज्दैछु,
यस्ता अरु पनि धेरै छन् 
मेराअपराधका शृङ्खलाहरू
त्यसैले,मलाई पक्रनुहोस्,हतकडी लगाउनुहोस्
कठघरामा उभ्याएर फैसला गराउनुहोस् जन्मकैदको
र आजीवन पठाइदिनुहोस् कारावास ।

✍️रामचन्द्र अधिकारी, झापा
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x