२७ जेठ २०८३, बुधबार

क्रिकेट : इंग्ल्यान्डका आर्चरले ‘केरा इन्स्विंगर’ फालेर आउट गराए ब्याट्स्म्यान (भिडियो)

बैशाख २६, २०७८
क्रिकेट : इंग्ल्यान्डका आर्चरले ‘केरा इन्स्विंगर’ फालेर आउट गराए ब्याट्स्म्यान (भिडियो)

इंग्ल्यान्डका फास्ट बलर जोफ्रा आर्चरले काउन्टी च्याम्पियनशिपमा ससेक्स सेकेन्ड इलेभेनका तर्फबाट बलिङ गर्दै ‘केरा इन्स्विंगर’ मार्फत ब्याट्स्म्यानलाई आउट गरेका छन् । 

म्याचमा कुल दुई विकेट लिएका आर्चरको पहिलो विकेट केरा इन्स्विंगरमार्फत आएको थियो । यो केराको आकारमा फालिएकाले मध्यक्रमका ब्याट्स्म्यान एनएमजे रेफर झुक्किए अनि एलबीडब्ल्यू आउट भए । रेफरले आउटस्विंगरको अपेक्षा गरेका थिए । 
 

ससेक्सले यो आउटको भिडियो क्लिप सार्वजनिक गरेको हो । 
 

बनाना स्विंग एकप्रकारको योर्कर हो । यो केराको आकारमा स्विंग हुन्छ । बलरको हातबाट छुटेको बलले अंग्रेजी अक्षर सीको आकार लिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्