२६ जेठ २०८३, मंगलबार

चिडियाखानाको बाघले कर्मचारी मारेपछि…

कात्तिक २०, २०७४
चिडियाखानाको बाघले कर्मचारी मारेपछि…
काठमाडौँ, १७ जेठ - बेलायतमा एक चिडियाघरमा बाघको आक्रमणबाट एक महिला कर्मचारीको मृत्यु भएको छ । यो दुर्घटना क्याम्ब्रिजसायर इलाकाको ह्यामर्टन जु पार्कमा भएको हो । स्थानीय प्रहरीले भनेको छ, ‘बाघ चिडियाघरको एउटा ढोकामा आयो, जहाँ एक महिला कर्मचारी थिइन् । बाघको आक्रमणबाट ती महिला कर्मचारीको मृत्यु भयो ।’tiger

बाघको आक्रमणबाट कर्मचारीको मृत्यु भएपछि त्यहाँ आएका दर्शकलाई तत्काल बाहिर पठाइएको थियो । प्रहरीले बाघ ढोकाबाट बाहिर भने नआएको बताएको छ । अधिकारीहरूले यो घटनालाई शंकास्पद नभएको बताएका छन् ।

ह्यामर्टन चिडियाघरले एक विज्ञप्ति जारी गर्दैै भनेको छ, ‘यो एक अचम्मको दुर्घटना हो । यस घटनाका क्रममा कुनै पनि जनावर आफ्नो क्षेत्रबाट भागेका छैनन् भने सर्वसाधारण जनताको सुरक्षासमेत प्रभावित भएको छैन ।’

चिडियाघरमा आक्रमणबाट महिलाको मृत्यु भएपछि बन्द गरिएको थियो । घटनाको छानबिन भइरहेको जनाइएको खबर एजेन्सीलै उदृत गर्दै आजको राजधानीले छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्