नेपाल सुपर लिगमा आजदेखि प्ले अफका खेल शुरू, पहिलो खेलमा काठमाडौं र धनगढी भिड्ने

 नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आजदेखि प्ले अफका खेल शुरू हुँदैछन् ।

प्ले अफको पहिलो खेलमा आज काठमाडौं रेजर्स र धनगढी एफसी खेल्दैछन् । पहिलो खेल आज बेलुकी साढे पाँच बजे शुरू हुने बताइएको छ ।


Advertisement

काठमाण्डौ ६ खेलमा चार खेल जित्दै १३ अंक बटुलेर अन्तिम चारमा पुगेको हो भने धनगढी १० अंकका साथ दोस्रो स्थानमा छ । लिग चरणको खेलमा धनगढीले काठमाडौंलाई ३–० गोलले हराएको थियो ।

आज जित्ने टोली सिधै फाइनलमा पुग्नेछ ।

हार्ने टोलीले भने बुटवल लुम्बिनी र ललितपुर सिटीबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ ।

प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही १ लाख रुपैयाँ पाउने छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्