यी ५ कम्पनी, जसको शेयर मूल्यमा भयो उच्च वृद्धि

मंगलवार ५ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

यस दिन १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य ३ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएका छन् । 


Advertisement

नेप्सेका अनुसार बोट्लर्स नेपाल तराई लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको हो । शेयर मूल्य १० प्रतिशतले बढ्दै १० हजार ६५ रुपैयाँ पुगेको छ । 

यस्तै रुरु जलविद्युत आयोजनाको शेयर मूल्य ९.९७ प्रतिशतले बढ्दै ६ सय ६२ रुपैयाँ पुगेको छ । 

यस्तै युनाइटेड मोदी जलविद्युत लिमिटेडको शेयर मूल्य ९.९१ प्रतिशतले बढ्दै २ सय ५५ रुपैयाँमा पुगेको छ । 

नेप्सेका अनुसार, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य ९.८८ प्रतिशतले बढ्दै २ सय ७८ रुपैयाँ पुगेको छ । 

यस्तै समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.०५ प्रतिशत अर्थात ८० रुपैयाँले बढ्दै ९ सय ६४ रुपैयाँ पुगेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्