जेठ ६, २०७९
अमेरिकाको बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक एन्टी–शिप मिसाइल (जहाज ध्वस्त पार्ने क्षेप्यास्त्र) पठाउने भएको छ । कृष्ण सागरका तटहरूमा रुसी जलसेनाले गरेको नाकाबन्दी भत्काउनका लागि अमेरिकाले यो स...
इजरायल र हमासबीचको शत्रुता बुधवार चर्किंदा गाजामा कम्तीमा ३५ जना मारिएका छन् भने इजरायलमा पाँचजनाले ज्यान गुमाएका छन् ।
गाजामा इजरायलले बुधवार बिहान सयौंवटा हवाई आक्रमण गरेको थियो भने हमास तथा अन्य प्यालेस्टाइनी लडाकू समूहले तेल अभिभ र बीरशेबामा अनेकौं रकेट प्रहार गरेका थिए ।
इजरायलको निरन्तर हवाई आक्रमणका कारण गाजामा रहेको अग्लो आवासीय भवन आक्रमणमा परी भत्केको थियो भने अर्कोमा गम्भीर क्षति पुगेको थियो ।
सन् २०१४ मा इजरायल र हमासबीच भएको युद्धपछि यो सबभन्दा भीषण भिडन्त हो । परिस्थिति काबुबाहिर जाने हो कि अन्तर्राष्ट्रिय रूपमा चिन्ता व्यक्त गरिएको छ ।
इजरायलको आक्रमणका कारण गाजामा घरहरू हल्लेका थिए र रातिको आकाश चम्केको थियो । हमासले प्रहार गरेको रकेटलाई इजरायलको हवाई प्रतिरक्षा प्रणाली आइरन डोमले रोकेको थियो ।
प्यालेस्टाइनी समूहहरूको आक्रमणपछि इजरायलीहरू आश्रयस्थल खोज्दै दौडिएका थिए र सडकपेटीमा घोप्टो परेर पल्टिएका थिए ।
हमासको सशस्त्र इकाइले बीरशेबा र तेल अभिभतर्फ २१० वटा रकेट प्रहार गरेको जनाएको छ । इजरायली सेनाका अनुसार, एक तिहाइ रकेटहरू गाजमै खसेका छन् ।
मुसलमानहरूको पवित्र महिना रमजानका बेलामा जेरुसेलममा रहेको अल–अक्सा मस्जिदमा इजरायली प्रहरी र प्यालेस्टाइनी विद्रोहीहरूबीच झडप भएपछि युद्धको माहोल बनेको थियो । त्यसअघि हप्तौंसम्म तनावको स्थिति थियो ।
पूर्वी जेरुसेलमबाट प्यालेस्टाइनी परिवारहरूलाई घरबाट निकाल्न सकिने गरी अदालतमा सुनुवाइ भइरहेको अवस्थामा यो तनाव चर्किएका हुन् ।
अमेरिकाको बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक एन्टी–शिप मिसाइल (जहाज ध्वस्त पार्ने क्षेप्यास्त्र) पठाउने भएको छ । कृष्ण सागरका तटहरूमा रुसी जलसेनाले गरेको नाकाबन्दी भत्काउनका लागि अमेरिकाले यो स...
चिनियाँ जनमुक्ति सेनाको सियानस्थित रकेट फोर्स विश्वविद्यालयले चलायमान साना लक्ष्यहरूलाई समेत सटीक निशाना लगाउने नयाँ हाइपरसोनिक हतियारको प्रारूप तयार पारेको छ । उक्त हतियार विकसित गर्ने टोलीका नेता ...
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्दै रुसविरुद्ध नरसंहारको आरोप लगाएका छन् । रुसले जतिसक्दो धेरै युक्रेनीहरूलाई मार्नका लागि प्रयास गरिरहेको उनले बताए । ...
फ्रान्सेली पत्रिका लेस इकोसले ग्यासको मूल्यमा भएको वृद्धिका कारण रुसले कीर्तिमान कमाइ गरिरहेको लेखेको छ । युरोपले भविष्यमा रुसको ग्यास नकिन्ने भनेको भए पनि तत्कालका लागि गरिरहेको खरिदले रुसलाई व्यापक ...
रुसले युक्रेनविरुद्ध गत फेब्रुअरी २४ मा सैन्य कारवाही चलाएपछि अमेरिकाले युक्रेनलाई विभिन्न किसिमका सरसहायता उपलब्ध गराउँदै आएको छ । हातहतियार, गोलीगट्ठा र गुप्तचर सूचना युक्रेनमा लगातार आइरहेका छन् । ...
अमेरिकाले युक्रेनको अन्नबाली भण्डारमा नियन्त्रण कायम गर्न खोजेकाले त्यस देशमा मानवीय संकट आउन सक्ने रुसका राष्ट्रपतिका सहयोगी माक्सिम ओरेश्किनले बताएका छन् । यसै वर्षको अन्त्यतिर विश्वव्यापी भोकमरीको स्थिति ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...