×

NMB BANK
NIC ASIA

नेप्सेमा उच्च अङ्कको वृद्धि, बजार पूँजीकरण पुनः ३७ खर्ब माथि

बैशाख ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाको दोस्रो लहरले जनजीवन प्रभावित भएको भएपनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकलाई कुनै असर गरेको छैन ।

Muktinath Bank

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक बुधवार २७.४७ बिन्दुले उकालो लागेर दुई हजार ६७३.३१ मा पुगेको छ । कारोबार रकम समेत झण्डै रु छ अर्ब बराबर भएको छ । नेप्सेका अनुसार कूल २२० कम्पनीको एक करोड आठ लाख १९ हजार ५३५ कित्ता शेयर रु पाँच अर्ब ८१ करोड छ लाख ७३ हजार ७१ मूल्यमा खरिद बिक्री भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारोवार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । जीवन बीमा, व्यापार र निर्जीवन बीमा कम्पनीको शेयरमा सबैभन्दा बढी वृद्धि भएको छ । जीवन बीमा २६७.१८, व्यापार २२१.६७  र निर्जीवन बीमा  १७६.४८ बिन्दुले उकालो लागेको छ । बैंकिङ ३.३८, होटल तथा पर्यटन २३.१९, विकास बैंक १५.२३, जलविद्युत् २१.०७, वित्त १७.४९, उत्पादन १३९.७, अन्य ५३.१३, लघुवित्त ६५.१२, सामूहिक लगानी कोष ०.०२ र लगानी १.४९ बिन्दुले उकालो लागेको छ ।


Advertisment
Nabil box
Kumari

आजको वृद्धिपछि बजार पूँजीकरण समेत पुनः उच्च बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार कूल रु ३७ खर्ब नौ अर्ब पाँच करोड ६८ लाख ७४ हजार ५०६ बराबरको बजार पूँजीकरण भएको छ । अर्थतन्त्रका अन्य क्षेत्र समस्यामा परेको बेला मुलुकको शेयर बजारले भने सकारात्मक दिशा निर्देश गरेको छ ।

Vianet communication
Laxmi Bank

नेप्सेका अनुसार बुधवार बोटलर्स नेपाल तराई र रुरु जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर क्रमशः १० र ९.९७ प्रतिशतले वृद्धि भए । युनाइटेड मोदी ९.९१, गुह्यश्वरी मर्चेन्ट बैंक ९.८८ र समता घरेलु लघुवित्तका लगानीकर्ताले ९.०५ प्रतिशतले कमाए ।

यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएर नकारात्मक सर्किट लाग्यो । लिवर्टी इनर्जी २.९९ र बरुण हाइड्रोपावरका लगानीकर्ताले २.१८ प्रतिशतले गुमाए ।

कारोवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ७६ करोड ६५ लाख ३४ हजार ४१८ बराबरको कारोवार भयो । यस्तै अपि पावर रु २० करोड २३ लाख ७० हजार ३८१ र शिवम् सिमेन्ट रु १६ करोड २२ लाख ७० हजार ४२९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।---
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x