पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
दक्षिणपश्चिम चीनमा रहेको एक काउन्टीले बर्थडे पार्टी तथा अन्य उत्सवहरूमा प्रतिबन्ध लगाएको छ ।
केन्द्र सरकारले मितव्ययी बन्न निर्देशन दिएपछि काउन्टीले यस्तो निर्णय लिएको हो ।
उसले विवाह र अन्त्येष्टिका लागि पनि नयाँ नियम ल्याएको छ । कुनै पनि समारोहमा २०० युआनभन्दा बढी रकम उपहारका रूपमा दिन नपाइने भएको छ ।
फुनिङ काउन्टीको यो नियम कम्युनिस्ट पार्टीका सदस्य, सरकारी कर्मचारी र गाउँ संगठनका नेताहरूमा लागू गरिएको छ ।
पार्टीमा नगद उपहार दिने परम्परागत चिनियाँ प्रचलन हो ।
तर प्रभावशाली व्यक्तिहरूलाई घूस दिनका लागि उपहारको उपयोग गरिने गरेको छ ।
यसअघि सन् २०१५ मा कम्युनिस्ट पार्टीले आफ्ना सदस्यहरूलाई अत्यधिक खानपिन गर्न, गल्फ क्लबको सदस्य बन्न वा निजी क्लबमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो । भ्रष्टाचारनिरोधका लागि उसले यो कदम चालेको थियो ।
चीनले वर्षौंदेखि जनतालाई विवाह समारोहमा तडकभडक नगर्न तथा सामान खेर नफाल्नका लागि आग्रह गरिरहेको छ ।
नयाँ नियमअनुसार विवाहमा भोजका टेबलहरूमा २० जनाभन्दा बढी राख्नुहुँदैन । अनि २०० भन्दा बढी पाहुना बोलाउनुहुँदैन ।
रेस्टुराँमा भोज गर्ने हो भने एउटा पाहुनालाई खुवाउन ५० युआनभन्दा बढी खर्च गर्नुहुँदैन । अनि घरमा समारोह गर्दा एउटा टेबलका लागि ३०० युआनभन्दा बढी खर्च गर्नुहुँदैन ।
विवाहमा जन्ती आउनेहरू कारको संख्या पनि १० भन्दा कम हुनुपर्छ ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...