च्याम्यिन्स लीगको फाइनल इस्तानबुलबाट पोर्टोमा सारियो

यूईएफए च्याम्यिन्स लीगको फाइनल टर्कीको इस्तानबुलमा नभई पोर्चुगलको पोर्टोमा हुने भएको छ । 

मे २९ मा म्यानचेस्टर सिटी र चेल्सीबीच फाइनल म्याच इस्तानबुलमा हुनुपर्ने थियो । तर टर्कीलाई इंग्ल्यान्डले कोभिडको रेड लिस्टमा राखेपछि फाइनल अन्तै गर्ने कुरा उठ्यो । इंग्ल्यान्डकै वेम्ब्लीमा म्याच गर्न खोजिएको भए पनि कुरा नमिलेपछि अब पोर्टोमा गरिने भएको हो । 
 


Advertisement

पोर्टोको इस्टाडियो डो ड्रागाओमा हुने खेलका लागि दुवै टोलीलाई ६–६ हजारवटा टिकट दिइनेछ ।

पोर्चुगल इंग्ल्यान्डको ग्रीन लिस्टमा भएकाले सिटी र चेल्सीका प्रशंसकहरू क्वारेन्टीनमा नबसिकनै खेल हेर्न पाउनेछन् भने खेलाडीहरूका लागि कोभिडको कुनै लफडा छैन । 

निश्चित संख्याका प्रशंसकहरूलाई स्टेडियममा सहभागी हुन दिने र अधिकारी, मिडिया र स्पोन्सरहरूका लागि यात्रा अनुमति दिने विषयमा सहमति बनेपछि यूईएफएले पोर्टोमा खेल गराउन सहमति जनाएको हो । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्