इजरायल र हमासले एकअर्कालाई दिए धम्की (भिडियो)

इजरायली सेना र प्यालेस्टाइनको उग्रवादी समूह हमासबीच लगातार संघर्ष जारी छ । 

इजरायलले गाजामा आफ्नो कारवाही तीव्र बनाएको छ । अनि हमासले इजरायलमा रकेट प्रहार गरिरहेको छ । 


Advertisement

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आवश्यकता हुन्जेल सेनाले गाजामा कारवाही गरिरहने बताए । शुक्रवार उनले एक बयान जारी गर्दै हमासले चर्को मूल्य चुकाउनुपर्ने बताए । 
 

हमासका प्रवक्ताले पनि इजरायली सेनाले स्थल कारवाही गर्ने सोच बनाएको हो भने कडा पाठ पढाउन आफूहरू तयार रहेको बताएका छन् । 
 

नेतान्याहुको बयान आएको केही समयपछि नै गाजाको आकाशमा विस्फोटको तस्वीरहरू सार्वजनिक गरिएका छन् । 

अनि गाजाबाट इजरायलका कतिपय शहरमा रकेट बर्साइएको छ । 
 

त्यसअघि इजरायलले गाजा सीमामा ट्यांक र सैनिकहरू तैनाथ गरेको छ । अहिलेको संघर्षमा हवाई आक्रमणमा जोड दिएको इजरायलले स्थल सैन्य अभियान पनि चलाउन खोजिरहेको छ । 

आफ्नो स्थल सेना र वायुसेनाले आक्रमण गरेको तर उनीहरू गाजामा नपसेको इजरायली सेनाले बताएको छ । 

इजरायल र प्यालेस्टाइनबीच सोमवारदेखि नै हिंसा भइरहेको छ । 
 

गाजामा १०० भन्दा बढी र इजरायलमा सातजनाको ज्यान गइसकेको छ । 

इजरायलमै पनि यहुदी र अरबीहरूबीच झडप भइरहेको छ । त्यसले गर्दा गृहयुद्ध हुन सक्ने भनी इजरायलका राष्ट्रपतिले चेतावनी दिएका छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्