×

NMB BANK
NIC ASIA

इराकसँगको मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको तयारी सुरु

बैशाख ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी मे २९ मा इराकसँग तय भएको मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली तयारी सुरु गरेको छ । नेपाल सुपर लिगको फाइनल खेल बाँकी रहेको अवस्थामा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यस अघि सार्वजनिक गरेका खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

नेपाल सुपर लिगका फाइनलिस्ट टोली धनगढी र काठमाडौं रेजर्सका खेलाडी बाहेकका खेलाडीलाई समावेश गर्दै मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नेपाली टोलीको प्रशिक्षण थालेका छन् । समय सीमा कम भएको भन्दै प्रशिक्षक अल्मुताइरीले खेलाडीलाई कुनै विश्राम विना अभ्यास थालनी गरेका हुन् । उनले सुरुआती चरणमा नेपालले कसरी रक्षात्मक बन्ने र कसरी काउन्टर गर्ने भन्ने विषयलाई विशेष जोड दिएर अभ्यास थालेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१५ दिनको समय सिमा बाँकी रहेको अवस्थामा टोलीलाई अल्मुताइरीले विहान र बेलुका दुई चरणमा अभ्यास गराइरहेका छन् । उनले प्रशिक्षणका लागि यस अघि घोषणा भएका खेलाडीलाई डाकेका हुन् । केही खेलाडी धनगढी र काठमाडौं रेजर्समा रहेकाले प्रतियोगिता सकिए लगत्तै टोलीमा समावेश हुनेछन् । प्रारम्भिक चरणमा पहिलो पटक मनिष डाँगी, स्यान्सु भुषाल, गौतम श्रेष्ठ र विवेक बस्नेतले स्थान बनाएका छन् ।


Advertisment
Nabil box
Kumari

नेपाल सुपर लिग खेले पछि बाहिर रहेका खेलाडी पनि राष्ट्रिय टोलीमा समावेश भइसकेका छन् । यद्यपि ललितपुर सिटीका अञ्जन विष्ट लगाएतका केही खेलाडी भने समावेश हुन बाँकी छन् । आगामी महिना इराकसँग हुने मैत्रिपूर्ण खेलका लागि टोली केन्द्रित रहेर अभ्यासको थालनी गरेको नेपाली टोलीका स्ट्राइकर नवयुग श्रेष्ठले बताए ।

Vianet communication
Laxmi Bank

यस्तै टोलीमा समावेश भएका सन्तोष तामाङ र आयुष घलानले इराकसँगको खेल नेपाली खेलाडीका लागि राम्रो अनुभव सगाल्ने खेल हुने प्रतिक्रिया दिए ।

मैत्रिपूर्ण खेललाई मुख्य प्रशिक्षक अल्मुताइरीले विश्वकप र एसियन कप छनौटको तयारीको रुपमा  लिएका छन् । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्न बाँकी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x