×

NMB BANK
NIC ASIA

सहमति उन्मुख एमाले विबाद

मिलनतिर एमाले विवाद–२०७५ जेठ २ मा फर्किन ओली सहमत

बैशाख ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ २ को अवस्थामा फर्किन सहमत भएका छन् । 
नेकपा एमालेको विवाद मिलाउने प्रयास स्वरुप शुक्रबार भएको वार्तामा प्रधानमन्त्री ओली  २०७५ जेठ २ को अवस्थामा फर्किन सहमत भएका हुन् । एमालेको माधव कुमार नेपाल समूहले जेठ २ को अवस्थामा फर्किए विवाद समाधान गर्न सकिने बताउँदै आएको थियो भने ओलीले यसअघि जेठ २ को अवस्थामा फर्किन आनाकानी गर्दै आएका थिए । 

Muktinath Bank

तर शुक्रबार सिंहदरबारमा करिब पौने ३ घण्टा चलेको ओली र वरिष्ठ नेता नेपाल पक्षका नेताहरुबीच बैठकमा २०७५ जेठ २ मा फर्केर फर्किन ओली राजी भएका हुन् । 
बैठकपछि नेता भीम रावलले पार्टीको एकता कायम राख्नका लागि गम्भीरतापूर्वक छलफल भएको बताए ।  उनले ०७५ जेठ २ गते अघिको कुरालाई आधार मानेर अघि बढ्ने गरी छलफल भएको भन्दै त्यसका लागि कार्यदल बनाउने निर्णय भएको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘हाम्रो पार्टीको एकतालाई कायम राख्नको लागि हामीले गम्भीरतापूर्वक छलफल गर्यौं । त्यसको लागि २०७५ साल जेठ २ गतेभन्दा अगाडिका कुरालाई आधार मानेर अरु छलफल अघि बढाउने कुरा भयो । त्यो प्रयोजनका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले र वरिष्ठ माधव कुमार नेपालले कार्यदलको सदस्यहरु तय गर्ने कुरा भएको छ । र, तुरुन्तै वार्ता र कुराकानीलाई अघि बढाउने कुरा भएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै बैठकपछि नेता रघुजी पन्तले सौहार्दपूर्ण वातावरणमा छलफल भएको प्रतिक्रिया दिए । 

Vianet communication
Laxmi Bank

यसैगरी नेता गोकर्ण विष्टले पनि २०७५ जेठ २ गतेको अवस्थामा फर्किएर पार्टीको समस्या समाधान गर्नेबारे सहमतिमा पुगिएको बताए । 
‘जेठ २ मा फर्किएर पार्टीको समस्या समाधान गर्ने सहमति भएको छ, त्यसको लागि कार्यदल बनाएर मोडालिटी बनाउने सहमति भएको छ’ विष्टले लोकान्तरसँग भने । 

कार्यदलबारे भोलि बिहान दुई शीर्ष नेताहरुबीच बसेर सदस्यहरुको टुंगो लगाउने विष्टले जानकारी दिए । 

छलफलमा ओली तथापाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागि थिए । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो । 

पार्टीको विवाद अन्त्यका लागि कार्यदल बनाएर छलफल गर्ने दुई नेताबीच सहमति पनि भएको थियो । बैठकको निर्णयअनुसार ओली र नेपालले कार्यदलका सदस्यको टुंगो लगाउनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x