×

NMB BANK
NIC ASIA

‘स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका’

जेठ १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आज यहाँ आयोजना गरेको ‘विपत्मा कसरी जोगिएर पत्रकारिता गर्ने ?’ विषयक कार्यक्रममा वरिष्ठ पत्रकार एवम् प्राध्यापक रामकृष्ण रेग्मीले विगतमा सङ्क्रमणको समयमा गरेको पत्रकारितालाई आधार मानेर आगामी दिनमा पत्रकारिता गर्नुपर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“मुलुक स्वास्थ्य सङ्कटको अवस्थामा पुगेको समयमा नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ”, उनले भने। उनले कोरोना महामारीको एक वर्ष बितिसक्दा पनि हामीले पत्रकारिता क्षेत्रमा कसरी सुरक्षित बन्ने भनेर मापदण्ड अपनाउन नसक्नु दुःखद कुरा भएको बताए । 


Advertisment
Nabil box
Kumari

सञ्चारकर्मीले समाचार सङ्कलनका लागि ठूलो मिहिनेत गरे पनि समाचार सङ्कलनका लागि ठूलो चुनौती रहेको उनको भनाइ थियो । जोन हप्किन्स विश्वविद्यालय अमेरिकाका डा विशाल भण्डारीले मानसिक र शारीरिक स्वास्थ्यलाई बलियो बनाउँदै स्वास्थ्य मापदण्डलाई अपनाएर पत्रकारिता गर्न आम सञ्चारकर्मीलाई आग्रह गरे । 

Vianet communication
Laxmi Bank

“अस्पताल क्षेत्रमा समाचार सङ्कलन गर्न जाँदा पत्रकारले माक्स, स्यानिटाइजर लगाएर पत्रकारिता गर्दा आवश्यक सञ्चार सामग्रीलाई डी इन्फेक्शन गर्नुपर्छ”, उनले भने। अस्पतालमा समाचार सङ्कलन गर्दा चिकित्सक, नर्सलाई प्रश्न सोधेर डिस्टर्ब गर्न नहुने उनको भनाइ थियो । 

उनले सञ्चारकर्मीलाई अन्तर्वार्ता लिँदा बन्द कोठाभन्दा बाहिरी वातावरणमा लिन राम्रो हुने उल्लेख गरे । डा भण्डारीले अहिलेको भेरियन्ट चाँडो फैलिन सक्ने तथ्याङ्क सार्वजनिक भएकाले सचेत रहेर पत्रकारिता गर्न आग्रह गरे । 

प्रतिष्ठानका अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकारको पेशागत सुरक्षा र स्वास्थ्य सुरक्षाका लागि प्रतिष्ठान प्रदेशले निरन्तर आवाज उठाउँदै जाने बताए । उनले कोभिडको महामारीका समयमा जोगिएर पत्रकारिता गर्न सबै श्रमजीवी पत्रकारलाई आग्रहसमेत गरे ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x