×

NMB BANK
NIC ASIA

पश्चिमाञ्चल अस्पतालमा अक्सिजन प्लान्ट स्थापना अभियान

जेठ १, २०७८

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सरकारले गत वर्र्ष कोरोनाको पहिलो चरण शुरु भएलगत्तै कोभिड–१९ को उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको यस अस्पतालमा ५० शय्या कोरोना सङ्क्रमितको उपचारका लागि छुट्याइएको छ ।

Muktinath Bank

पछिल्लो समय सङ्क्रमण तीव्ररूपमा बढ्दै जाँदा कोरोना उपचारको ‘लेबल एक’ र ‘लेबल दुई’ दुवैको उपचार गर्ने गरी तोकिएको अस्पतालमा उपचारका लागि शय्या अभाव हुन थालेपछि अस्पतालले क्षमता विस्तार गर्न लागेको छ । अहिले अस्पतालमा भर्ना भएका अधिकांश कोभिड–१९ का बिरामीलाई उपचारमा अक्सिजन आवश्यक छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नहुँदा निजी कम्पनीबाट आयात गर्नुपर्ने बाध्यता छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट नरहेको र अक्सिजन अभावमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउन लागेपछि पोखराका निजी क्षेत्रका अगुवाहरुको पहलमा नागरिकस्तरबाट अक्सिजन प्लान्ट स्थापनाको योजना अघि बढाइएको छ । पोखराको अग्रणी व्यापारिक घराना बतास अर्गनाइजेशनको पहलमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नागरिकस्तरबाटै अक्सिजन प्लान्ट स्थापना गर्ने अभियान शुरु गरिएको छ ।


Advertisment
Nabil box
Kumari

सो अभियानमा अहिले यहाँका उद्योगी, व्यवसायी, व्यक्ति तथा संस्थाबाट स्वतस्फूर्त रकम सङ्कलन भइरहेको छ । अस्पतालमा कम्तीमा रु तीन करोड लगानीमा छिट्टै प्लान्ट स्थापना गरिने अभियन्ता एवं सो अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले बताए । पोखरासहित गण्डकी प्रदेशमा अक्सिजनको अभावमा बिरामी उपचारबाट बञ्चित हुन नपर्ने उद्देश्यले प्लान्ट स्थापना गर्ने योजना अघि बढाइएको उनले बताए ।

Vianet communication
Laxmi Bank

“अस्पतालमा अक्सिजन उपलब्धताको कमीले हुने मृत्युबाट जोगाउन अक्सिजन प्लान्ट राख्ने यो पोेखरेलीको साझा अभियान हो । सहयोग आउने क्रम जारी रहेको छ, सकेसम्म छिटोभन्दा छिटो सामान आयात गरी प्लान्ट स्थापनाको काम अघि बढाउँछौँ”, अभियनकर्मी बतासले भने। अक्सिजन प्लान्टका स्थापना अभियानका लागि रु एकदेखि आफूले चाहेजति रकम प्रदान गर्ने सकिने छ । सो अभियानमा हालसम्म रु दुई करोड ५० लाख सहयोगको प्रतिबद्धता आइसकेको छ । अभियानमा बतास फाण्डेशनबाट रु २५ लाख र आफनो विभिन्न कम्पनीबाट रु २५ लाख गरी रु ५० लाख सहयोग प्रदान गरिने अध्यक्ष बतासले जानकारी दिए । 

प्लान्ट स्थापना अभियानमा स्व समाजसेवी सूर्यबहादुर केसीको स्मृतिमा केसी ग्रुप, अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेल र सेलवेज डिपार्टमेन्टल स्टोर्सका सञ्चालक सुशील प्रधानाङ्गबाट जनही रु २५ लाख सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । 

यसैगरी सुपर मादी हाइड्रोपावरका अध्यक्ष पुष्पज्योति ढुङ्गाना, क्वालिटी एग्रिगेटका सञ्चालक देवबहादुर ज्वारचन र बी रिभर माइनिङ प्रालिबाट जनही रु २५ लाखका दरले सहयोगको प्रतिबद्धता गरिएको छ । अन्य व्यक्ति तथा संस्थाबाट समेत सहयोग रकम प्राप्त हुने क्रम चलिरहेको बताइन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x