पछिल्लो २४ घन्टामा १ सय ८७ संक्रमितको मृत्यु, ८ हजार १६७ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा मुलुकभर ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कुल १८ हजार ५ सय ४८ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


Advertisement

यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ ।

मन्त्रालयका अनुसार सो अवधिमा मुलुकभर थप १ सय ८७ कोरोना संक्रमितको मृत्यु भएको छ  ।  यससँगै मुलुकभर हालसम्म मृत्यु हुन् कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ५६ पुगेको छ । 

यस दिन ५ हजार ४ सय ५५  संक्रमित कोरोना भाइरसमुक्त भएका छन् । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्