कोरोना संक्रमितलाई मायालु उपचारले निको बनाउँदै टेकुका डाक्टर–नर्स [भिडियो]

विश्वास खनाल
विश्वास खनाल

खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर भयावह फैलिँदा अस्पतालमा खुट्टा राख्ने ठाउँ समेत मिल्न छाडेको छ ।


Advertisement

निजी तथा सरकारी सबैजसो अस्पताल भरिभराउ छन् । शय्या नपाएर दिनमै कैयन बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ ।


Advertisement

नेपालको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पुग्दा त्यस्तै भीडभाड देखियो ।

अस्पतालका शय्याहरू भरिभराउ थिए नै अस्पतालभित्र प्रवेश गर्ने ठाउँमा समेत बिरामी राखिएको थियो । 


Advertisement

तर टेकु अस्पतालका डाक्टरहरूले आफू संक्रमित हुने डरभन्दा पनि बिरामीलाई बचाउने र ऊर्जा थप्ने काम गरिरहेका थिए ।

डाक्टरहरूले गरेको व्यवहारले आफ्ना श्रीमान्मा उत्साह थपिएको वर्णन गर्न नै नसक्ने वनस्थलीकी सीता पाण्डे खनियाँले बताइन् । 

कोरोना संक्रमण भएर आएका अक्सिजन चाहिने बिरामीलाई फिर्ता नपठाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका जनस्वास्थ्य निरीक्षक लिलानाथ भण्डारीले बताए ।
 
अस्पतालमा आएका बिरामीलाई अस्पतालले जसरी सकिन्छ त्यसरी नै व्यवस्थापन गरिरहेको र इमर्जेन्सी अगाडि टेन्ट टाँगेर उपचार गर्ने तयारीमा रहेको उनले बताए ।

कोरोना भाइरस संक्रमण भएका बिरामीलाई अन्य मानिसले हेर्ने दृष्टिकोणका कारण आत्मबलमा कमी हुने भएकाले आत्मबल बढ्ने खालका क्रियाकलाप गर्दा बिरामी छिटो निको हुने गरेका, अक्सिजन लेभलमा पनि वृद्धि हुने गरेको डाक्टरहरू नै बताउँछन् ।

विश्वास खनाल
विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्