×

NMB BANK
NIC ASIA

जसपाको संयुक्त बैठक गर्न महन्थलाई अपिल गर्ने उपेन्द्र पक्षको निर्णय, बहुमतले पेल्ने रणनीति

जेठ १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

जनता समाजवादी पार्टी (जसपा) भित्र चर्किएको विवाद समाधानका लागि शीर्ष तहमा संयुक्त बैठक गरेर पार्टीमा छलफल चलाउने निर्णय अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको छ ।

Muktinath Bank

शनिवार पार्टी कार्यालय बालकुमारीमा बसेको उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको अनौपचारिक बैठकले पार्टीका बैठकहरू बोलाउन शीर्ष तहमा अपिल गर्ने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष उपेन्द्र पक्षीय कार्यकारिणी सदस्य मोहम्मद ईश्तियाक राईले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग संयुक्त कार्यकारिणी समिति र केन्द्रीय समिति बैठक राख्न आग्रह गर्ने निर्णय भएको बताए । यसका लागि अध्यक्ष उपेन्द्र लगायत नेताले अध्यक्ष महन्थ र नेता राजेन्द्रसँग वार्ता गर्ने भएका छन् ।


Advertisment
Nabil box
Kumari

पार्टीको ५१ सदस्यीय कार्यकारिणी समिति बैठक र ८०१ सदस्यीय केन्द्रीय समिति बैठक जूममार्फत राख्न आग्रह गरिने नेता राईले बताए । ‘पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउनु हुँदैन । पार्टीका बैठक राखेर सहमति भए सहमतिमा र नभए बहुमतीय आधारमा निर्णय गर्नुपर्छ,’ उनले भने ।

Vianet communication
Laxmi Bank

अध्यक्ष उपेन्द्र पक्षले पार्टीमा आफ्नो बहुमत रहेको दाबी गरेको छ । ५१ सदस्यमध्ये शनिवारको बैठकमा २८ कार्यकारिणी सदस्य उपस्थित रहेका नेता राईले दाबी गरे । पार्टीमा अध्यक्ष महन्थ पक्षले पनि आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ ।

शनिवारको बैठकले नयाँ सरकार गठनको प्रयास भइरहेका बेला सांसदहरूलाई भक्तपुरको रिसोर्टमा थुनिएकोप्रति आपत्ति जनाएको छ । जसपा कार्यकारिणी सदस्य तथा सांसद रामसहाय यादवले उपलब्ध कार्यकारिणी सदस्यको अनौपचारिक बैठकबाट सांसदलाई थुनिएको घटनाको घोर भर्त्सना गर्ने निर्णय भएको जानकारी दिए ।

शनिवार उपेन्द्र पक्षले पार्टी कार्यालय बालकुमारीमा उपलब्ध कार्यकारिणी सदस्यको बैठक गरेको छ । बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चुनेको भनेर गरिएको प्रचारलाई विधान विपरीत ठहर गरेको छ ।

‘त्यो निर्णय पार्टी र संसदीय दलको विधान विपरीत रहेको छ, यसबारे कुनै निर्णय नभएको भनेर संसद सचिवालयलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ,’ यादवले लोकान्तरसँग भने ।

बैठकपछि केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै संसदीय दलको नेता नचुनिएको बताएका छन् । उनले पार्टीको विधान समेत नबनेको र संसदीय दलको बैठक पनि नबसेको स्पष्ट पारेका छन् ।

बैठकबारे अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई कुनै जानकारी गराइएको थिएन । ठाकुरले प्रेस विज्ञप्ति जारी गरेर जसपाको कुनै बैठक नरहेको दाबी गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x