चट्याङबाट वैशाख महिनामा २१ जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

मुलुकका विभिन्न क्षेत्रमा चट्याङ लागेर वैशाखमा २१ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङमा परेर अन्य ८४ जना घाइते भएको र ५० चौपायाको क्षति भएको छ ।


Advertisement

१ महिनामा चट्याङका कारण १ करोड ५४ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

आगलागीबाट ७, जनावरको आक्रमणबाट ३, हावाहुरीबाट १ गरी वैशाखमा ३२ जनाको ज्यान गएको छ । सबै घटनामा परी १३८ जना घाइते भएको बताइएको छ ।

यसपालि वैशाखमा पानी कम परे पनि चट्याङले ठूलो क्षति गराएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । १ महिनामा ४९९  विपद्का घटना भएका छन् । 

घटनाबाट ३३ करोड ७८ लाख रुपैयाँको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ । अहिले प्रिमनसुनका समयमा हावाहुरी र चट्याङका घटना बढी हुने मौसमविद्ले जनाएका छन् ।

चट्याङकै कारण आगलागी हुँदा नजानिँदो रूपमा ठूलो धनजनको क्षति भइरहेको छ । तथ्यांकले बाढी र पहिराको हाराहारीमै आगलागी र चट्याङले क्षति पुर्‍याइरहेको देखाएको छ ।

कमेन्ट गर्नुहोस्