बनेपामा भोलिदेखि कोभिड समर्पित अस्पताल सञ्चालन हुने

प्रतिकात्मक तस्वीर

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनगालमा कोभिड समर्पित अस्पताल सञ्चालन गरिने भएको छ ।

नगरपालिकाले अस्पतालसँग सम्झौता गरी कोभिड बिरामीको उपचारका लागि व्यवस्था गर्न आवश्यक प्रबन्ध मिलाएको छ ।


Advertisement

नगरपालिकाबाट १५ शय्याको स्वीकृति लिई सञ्चालन गर्न लागिएको अस्पतालमा पहिलो चरणमा ४ शय्याको सघन उपचार कक्ष र ६ शय्याको अक्सिजन सहितको शय्या हुनेछ ।

नगरपालिका र अस्पताल प्रशासनबीच ८ बुँदे सम्झौता गरी शुरूमा १५ शय्या र पछि २५ शय्या नै सञ्चालन गर्ने गरी आवश्यक व्यवस्थापन भइरहेको अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले बताए ।

कमेन्ट गर्नुहोस्