१ सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक जीत्यो एफए कपको उपाधि

एजेन्सी । लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो ।


Advertisement

क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक एफए कप जितेको हो ।

यस अघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो ।

वेम्बली स्टेडियममा लेष्टरलाई जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरे ।

हारसँगै चेल्सीको भने नवौं पटक उपाधि जित्ने सपना विफल भएको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्